काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। अहिले बिहान ११ बजेदेखि सुरु भएकाे बैठकमा सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट सन्देशसहितको विधेयक प्रस्तुत गरिने संभावित कार्यसूची रहेको छ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनैतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक,२०८० माथि विचार गरियोस्’भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए।
यसैगरी बैठकमा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहनेछ।