मङ्ल, असार १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

दलहरुमा राजनीतिक संस्कारको विकास जरुरी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालका राजनीतिक दलहरु व्यक्ति केन्द्रित हुने, पार्टीभन्दा गुटगत गतिविधि हुने र एउटा समूह बनाएर पार्टीमा अरुलाई निषेध गर्ने प्रवृत्ति पहिलेदेखि नै हो । यही प्रवृत्ति हालै राप्रपाको बैठकमा पनि देखिएको छ । राप्रपाको अनुशासनसम्बन्धी बैठकमा नेता ठाकुरमोहन श्रेष्ठले पार्टीका महामन्त्री विक्रम पाण्डेलाई ‘भ्रष्टाचारी’ को गम्भीर आरोप लगाए । यसले पार्टी बैठकमा नै तनाव उत्पन्न भयो । तर, घटना यतिमा मात्रै टुंगिएन । बैठकबाट बाहिरिएका श्रेष्ठमाथि पाण्डेका समर्थक कुटपिटमा नै उत्रिए । यो विषयमा प्रहरीसम्म उजुरी पुग्यो । राप्रपाको यस घटनाले नेपालका राजनीतिक दलहरुमा स्वस्थ बहस, पार्टीका अन्य नेतालाई सम्मानपूर्वक व्यवहार र सभ्य भाषा तथा व्यवहारको परिपाटी कम रहेको स्पष्ट पारेको छ ।

राजनीतिक दल तथा तिनका नेताको नीतिसिद्धान्त, आचरण, व्यवहार, भाषा, पहिरन जस्ता विषय अति नै महत्वपूर्ण हुन्छ । बेलाबेलामा देशको नै प्रतिनिधित्व गर्ने भएकाले पनि उनीहरुको आचरणलगायत कुरा ठूलो विषय बन्ने गरेको हो । अन्तर्राष्ट्रिय परिवेशमा पुग्दा नेताहरुको हरेक पक्षको चियोचर्चा हुने गरेको छ । राष्ट्रिय रुपमा एउटा राजनीतिक दल तथा तिनका नेतालाई लाखौंको जमाताका जनताले पछ्याइरहेका पनि हुन्छ । त्यसकारण एउटा राष्ट्रिय राजनीतिक दलको बैठकमा नै नेतामाथि हातपात हुने घटनालाई सामान्य मान्न सकिँदैन । यसले पार्टीका तल्लो तहका समिति, भातृसंगठन तथा जनतामा नै नराम्रो सन्देश प्रवाह गर्छ । पार्टीमाथि जनताको आस्थामा पनि कमी ल्याउँछ ।

नेपालका लागि धेरैजसो राजनीतिक दलहरु अध्यक्ष वा सभापति केन्द्रित छन् । उनीहरुलाई नै महत्वपूर्ण निर्णयको जिम्मेवारीका लागि छोडिने गरिन्छ । त्यसैले शीर्ष नेताहरुको चलखेल वा स्वार्थले मुलुकको समग्र राजनीतिमा नै असर पुग्ने गरेको छ । जस्तै, चुनावमा टिकट दिने, गठबन्धन गर्ने, सरकार गठन गर्ने, मन्त्री छान्ने मात्रै होइन, राजदूत र विश्वविद्यालयको उपकुलपति छान्ने विषयमा पनि शीर्ष नेताको नै हालिमुहाली चल्ने गरेको छ । यसले पार्टीमा लोकतान्त्रिक पद्धतिको अवलम्बन हुन सकेको छैन । पार्टी नेतृत्वले पनि मनपरी निर्णयहरु गर्दै आएका छन् । यसले पुराना राजनीतिक दलप्रति जनतामा निराशा बढेको छ ।

राजनीतिक दलमा भ्रष्टाचार, अनियमिततामा संलग्न नेताहरुलाई पनि संरक्षण गर्ने प्रवृत्ति उत्तिकै छ । आफ्नो पार्टीको भए जस्तोसुकै अपराध गरेर पनि कानुनी कारबाहीबाट बचाउने, पार्टीका शीर्ष नेतृत्वले जस्तोसुकै गलत काम गरे पनि विरोध गर्न नसक्ने र पार्टीभित्र गुट चलाएर राजनीतिक हैसियत टिकाउन खोज्ने प्रवृत्तिका कारण हाम्रा राजनीतिक दलहरु पनि विचलनको दलदलमा भासिँदै गएका छन् । सरकार भनेको तिनै राजनीतिक दल र नेताले चलाउने हुन्छन् । त्यसकारण दलमा राम्रो गर्न नसकेका नेताहरुले सरकार भने देश र जनताको चाहनाअनुरुप सञ्चालन गर्छन् भन्नु मूर्खतासिवाय केही होइन । त्यसकारण सर्वप्रथम त नेपालका राजनीतिक दल तथा तिनका नेताले राजनीतिक संस्कार सिक्न आवश्यक छ । लोकतान्त्रि पद्धति मान्ने होस् वा वामपन्थी दल आफ्नो सिद्धान्तअनुसार पार्टी सञ्चालन गर्न आवश्यक छ । अनि मात्र त्यस्तो दल वा नेता राष्ट्रका लागि योग्य साबित हुनेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णतः असफल

कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णतः असफल

४ घण्टा अगाडि
शहीदप्रतिको अपमान असह्य हुने : प्रम  ओली

सांसदहरूले प्रधानमन्त्रीलाई ‘टेक एण्ड पे’ हटाइएको विषयमा प्रश्न सोध्याे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

ट्रम्पको युद्धविराम सम्झौता स्वीकार

कोरोना संक्रमित महिलाको निधन

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक