शनि, अशोज १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्रियाशील तीन अगुवा कृषक पुरस्कृत

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
क्रियाशील तीन अगुवा कृषक पुरस्कृत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौँडा । मकवानपुरका विभिन्न स्थानमा व्यावसायिक कृषि कर्ममा क्रियाशील तीन अगुवा कृषक पुरस्कृत हुनुभएको छ  । जिल्लाको थाहा नगरपालिका वडा नं. ७, डाँडावास कृषि प्रालि मार्फत बाख्रा पालन गरिरहनुभएका इमान सिं थिङ, मनहरी गाउँपालिका–७, रमौलीको रवि व्यावसायिक कृषि फार्ममार्फत् कागती खेती गरिरहनुभएका मुना अर्याल र हेटौँडा–१७ स्थित विविआर एग्रो प्रालिमार्फत् वाेयर जातको बाख्रा पालन गरिरहनुभएका कृषक जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत हुनुभएको हो ।

तीनै जना कृषकलाई पशु सेवा कार्यालय हेटौँडा मकवानपुरले मङ्गलबार एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले राष्ट्रपति उत्कृष्ट पुरस्कारका लागि छनोट भएका कृषकलाई २५ हजार रुपियाँ नगदसहित सम्मान गर्नुभयो । जिल्ला समन्वय समितिको संयोजकत्वमा चितवन ज्ञान केन्द्र सदस्य सचिव र पशु सेवा कार्यालय हेटौँडा मकवानपुर सदस्य रहेको समितिले बनाएको जिल्लास्तरीय उत्कृष्ट कृषक छनोट विधि अनुसार उत्कृष्ट ठहरिएका कृषकलाई पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारका लागि जिल्लाभरबाट ११ वटा प्रस्ताव दर्ता भएका थिए । तीमध्ये तीन कृषकलाई बनाइएको मूल्याङ्कनका विभिन्न मापदण्ड अनुसार छनोट गरिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिनुभयो ।

पुरस्कार प्राप्त गर्ने डाँडावास कृषि प्रालिले बाख्रा पालनका साथै व्यावसायिक तरकारी खेती गर्दै आइरहेको छ । दुई पुस्तादेखि कृषि कार्यगर्दै आएको सञ्चालक इमान सिं थिङले बताउनुभयो । उहाँको परिवारले ६० वटा खरिजात, जमुना पारी र वायर जातको बाख्रा पालन गर्नुका साथै पालुङमा मुला, बन्दा, काउली, आलु  लगायतका तरकारी व्यावसायिक रूपमा गर्दै आउनुभएको छ । उहाँले ४० रोपनीमा कृषि कर्म गर्नुभएको छ भने बाख्राको लागि जै घाँस, सुपर नेपिएर, धुधिलो घाँस लगाउनुभएको छ । उहाँले कृषि र बाख्रा पालनबाट वार्षिक करिब १४ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।

त्यस्तै रवि व्यावसायिक कृषि फार्ममार्फत् २०६७ सालदेखि एकसय पाडापालनबाट सुरुवात गर्नुभएका अर्यालले २०६८ सालमा कुखुरा पालनदेखि कागती खेती, ड्रागन खेती गर्दै आउनुभएको छ । करिब १२ कठ्ठा क्षेत्रफलमा सुन कागती, ड्रागन, कुरिलो खेती गर्दै आउनुभएका अर्यालले ५ जनालाई रोजगारी समेत दिनुभएको छ । उहाँले करिब एक करोड लगानीमा कृषि कर्म गर्दै आउनुभएको छ भने उहाँले अर्ग्यानिक खेती गर्नुभएको छ । वार्षिक २० लाख सम्मको कारोबार गर्ने अर्यालले वार्षिक ६ लाख सम्म आम्दानी गर्ने गरेको बताउनुभयो ।

विविआर एग्रो प्रालिका सञ्चालक झङ्कनाथ सुवेदीले वाेयर जातको बाख्रा पालन गर्दै आउनुभएको छ । उहाँले व्यावसायिक रूपमा गर्नुभएको फर्म मार्फत बोयर जातको पाठापाठी उत्पादन गरेर बिक्री वितरण गर्दै आउनुभएको छ । कुखुरा पालनबाट कृषिको व्यावसायिक यात्रा सुरु गर्नुभएका सुवेदी वल्डफ्लुले सबै कुखुरा मरेपछि बाख्रा पालन व्यवसायमा लाग्नुभएको हो । उहाँले अष्ट्रेलियाबाट वोयरजातको बोका ल्याएर बाख्रा पालन व्यवसाय सुरु गर्नुभएको हो । उहाँले देशको ६५ जिल्लामा वोयरजातको बोका बिक्री गरेको बताउनुभयो । उहाँ युवा कृषक पनि हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

१२ घण्टा अगाडि
भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग

भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपपत्र दायर

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

भोटेकोशीमा १ हजार ४ सय ५५ जनाको शव फेला

भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक