काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पुतला दहन गरेकाे छ।
सहिदहरु थप्ने सरकारको निर्णयको विरोध गर्दै विद्यार्थीहरुले प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरेका हुन्। उनीहरुले आइतबार साँझ काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअघि प्रदर्शन गरेका हुन्।
सरकारले २ हजार ६७४ सहिद थप गर्ने निर्णय गर्दै राजपत्रका नामावलीसमेत प्रकाशित गरेको थियो।