शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नागरिक उन्मुक्ति पार्टीको पहिलो बैठक आज बस्दै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नागरिक उन्मुक्ति पार्टीको पहिलो बैठक आज बस्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी । पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका रेशम चौधरीलाई निर्वाचन आयोगले अयोग्य ठहर गरेपछि नागरिक उन्मुक्ति पार्टी-नाउपा)को पहिलो बैठक सोमबार बस्दैछ ।

चौधरी नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले वैधता नदिएर पुरानै समितिलाई निरन्तरता दिएपछि अध्यक्ष रञ्जिता श्रेष्ठले बैठक बोलाएकी हुन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितका अनुसार बैठक दिउँसो १ बजे टीकापुरमा बोलाइएको जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एजेन्डा राखिएको छ ।

संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका विषयमा समेत बैठकले आवश्यक निर्णय लिने पण्डितले बताए । तर, पार्टी अध्यक्ष श्रेष्ठ काठमाडौंमा छिन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी हुन् । अध्यक्ष बिरामी भएपछि बैठक प्रभावित हुने आशंका गरिए पनि श्रेष्ठले जसरी पनि टीकापुर पुग्ने बताउँदै सबैलाई जम्मा हुन भनेकी छन् ।

‘अध्यक्ष ज्यू बिरामी भएर अस्पताल भर्ना हुनुभएको खबर आएको छ तर उहाँले म जसरी पनि आउँछु भन्नुभएको छ,’ पण्डितले अनलाइनखबरसँग भने, ‘पार्टीका संस्थापक सबै जम्मा भइरहेका छौं । हेरौं के हुन्छ ।’

पण्डितले अध्यक्ष श्रेष्ठलाई गम्भीर स्वास्थ्य समस्या नभए पनि सुगर, प्रेसर बढेकाले अस्पताल भर्ना भएको बताए ।

स्वास्थ्य समस्याका कारण श्रेष्ठ कैलाली आउन नपाएपछि भने बैठक स्थगित हुने एक पदाधिकारीले बताए ।

माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट राज्यमन्त्रीसहित तीन जना मन्त्री थपेपछि उक्त पार्टीमा विवाद सिर्जना भएको छ ।

अध्यक्ष श्रेष्ठले नेतृत्वसँगको सल्लाहबिना सरकारमा गएको भन्दै तत्काल फिर्ता हुन निर्देशन दिएकी थिइन् भने उनका श्रीमान् समेत रहेका नाउपा संरक्षक रेशम चौधरीले सरकारलाई समर्थन कायमै हुने भन्दै राम्रो काम गर्न निर्देशन दिएका छन् । सोही विषयलाई लिएर नाउपामा विवाद देखिएको छ ।

रेशम अहिलेकै सरकारलाई समर्थन गरेर अघि बढ्नु पर्ने पक्षमा देखिएका छन् भने श्रेष्ठ नयाँ गठबन्धनमा सहभागी हुनु पर्ने अडानमा रहेकी छन् ।

मुख्यमन्त्री शाहले नाउपासहित राप्रपा र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराएर आफू नेतृत्वको सरकारलाई बहुमत पुर्‍याउने प्रयास गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

कांग्रेसमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेसमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बस्दै

१५ घण्टा अगाडि
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

देशभरका तीन हजार ४८६ उम्मेदवारले मनोनयन पत्र दर्ता

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक