सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चक्रपथ कुसुन्तीमा अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
चक्रपथ कुसुन्तीमा अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथ कुसुन्तीमा अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु गरेको छ । महानगरका अनुसार नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु भएको हो ।

महानगर प्रमुख चिरीबाबु महर्जनले आकासे पुल शिलान्यास गरे । सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो ।

आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरले यो ठाउँमा पुल निर्माण अनुमति मागेको थियो ।

संविधानले व्यवस्था गरेबमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको थियो ।

पुल शिलान्यास कार्यक्रममा महानगर प्रमुख महर्जनले अथक प्रयासपछि सडक विभागबाट पुल निर्माणका लागि अनुमति पाएको बताए ।

‘यो ठाउँमा सडक दुर्घटना हुँदा धेरैजनाको अकालमा ज्यान गएको छ, त्यसैले महानगरले यो ठाउँमा आकासे पुल बनाउने निधो गरेका हौं,’ उनले भने, ‘अन्यत्रको आकासे पुल सवलाङ्गका लागि समेत असहज भएकाले लिफ्टसहितको निर्माण गर्न लागेका हौं । बालबालिका, ज्येष्ठ नागरिक लगायतलाई यो पुल सहज हुनेछ ।’

ललितपुर महानगरपालिका–१३ मा यो पुल एक वर्षभित्र निर्माण गरिसक्नुपर्छ ।

वडा नम्बर १३ अध्यक्ष गणेश केसीले सडक विभागबाट पुल निर्माणका लागि अनुमति लिन चार वर्षभन्दा धेरै समय लागेको बताए । ढिलै भए पनि अनुमति दिएकोमा विभागलाई उनले धन्यवाद दिए । ‘यहाँ अब सडक दुर्घटना कम हुन्छ । यो हाम्रा लागि खुसीको कुरा हो,’ केसीले भने ।

आयोजना प्रमुख तथा इन्जिनियर प्रदीप पौडेलका अनुसार सडक विभागबाट अनुमति प्राप्त यो आयोजना निर्माणका लागि ठेकेदार कम्पनी लामा प्रगति–मनी बुद्ध जेभी, काभ्रेपलाञ्चोकसँग ४ करोड ६८ लाख ९ हजार ५ सय ६१ रुपैयाँ लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

इन्जिनियर पौडेलले लिफ्ट सहितको यो पुल नेपालकै पहिलो पुल भएको दाबी गर्दै सडक दुर्घटनाको जोखिम न्यून गर्ने दाबी गरे ।

आयोजनाको परामर्शदाता कम्पनी डीबी मल्टिइन्जिनियरिङ प्रालिका विनोद न्यौपानले यो आकासे पुलले यात्रुलाई सडक सुरक्षासँगै सहरको सौन्दर्यीकरणका लागि समेत सहयोग पुग्ने बताए ।

सडक दुर्घटनामा अत्यधिक भएर धेरैले मृत्युवरण गर्नुपरेको अवस्थाको पुल निर्माणपछि अन्य हुने उनले प्रष्ट पारे ।

यो आयोजना निर्माण जिम्मा लिएको कम्पनीका प्रतिनिधि चन्द्रबहादुर लामाले गुणस्तरमा कुनै पनि सम्झौता नगरी समयभित्रै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘यसका लागि स्थानीय नागरिक, महानगर, सडक विभाग लगायत सम्पूर्णको सहयोग अपरिहार्य छ,’ उनले भने ।

यो पनि पढ्नुहोस्

दुर्गा प्रसाईं रिहा

दुर्गा प्रसाईं रिहा

८ घण्टा अगाडि
नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक