काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आइतबार बस्दैछ ।
बैठक आज पनि दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने मिति तोक्ने जनाइएको छ ।
यही फागुन १६ गते बुधबार बसेकाे पार्टीको स्थायी समिति बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले, रास्वपा र जसपासहितको नयाँ गठबन्धनको साथबाट प्रधानमन्त्रीमा निरन्तरता पाएका दाहालले छिट्टै प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन्।
सोही विषयमा आजको बैठकमा छलफल हुने पार्टीका एक नेताले जानकारी दिए ।