काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसनबिच भेट भएको छ । मन्त्रीहरुसँग थम्पसन सिंहदरवारमा भेट गर्नुभएको हो ।
दुवै जना मन्त्रीहरुसँग राजदूत थम्पसनको समसामयिक विषयमा छलफल भएको छ । भेटमा नेपाल–अमेरिका सम्बन्ध र सहकार्यका विविध पक्षमा भेट भएको जानकारी परराष्ट्र सचिव सेवा लम्सालले दिनुभयो । सो अवसरमा थम्पसनले मन्त्रीहरुलाई बधाई दिनुहुँदै कार्यकालको सफलताको शुभकामना दिनुभएको परराष्ट्र सचिव लम्सालले जनाउनुभयो ।