शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

४ कम्पनीका सेयरकाे लकइन अवधि सकिदै

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संस्थापक समूह, प्रभावित स्थानीय, कर्मचारी तथा म्युचुअल फण्डको स्वामित्वमा रहेका विभिन्न ४ कम्पनीका सेयरमा चैतका विभिन्न दिनमा लकइन अवधि सकिने भएको छ । सेयर रजिस्टार कम्पनीहरुले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै लकइन अवधि सकिनेबारे जानकारी गराएका छन् ।

सिंगटी हाइड्रोपावरको संस्थापक, आयोजना प्रभावित तथा कर्मचारीको सेयरमा चैत २५ देखि लकइन अवधि सकिने भएको छ । चैत २६ गतेदेखि ती सेयर सर्वसाधारणसरह कारोबारका लागि खुला हुनेछ । सिंगटीको संस्थापक समूहको १ करोड १ लाख ५० हजार कित्ता, प्रभावित स्थानीयको १४ लाख ५० हजार कित्ता र कर्मचारीको ५८ हजार कित्ता सेयरमा चैत २५ देखि लकइन अवधि सकिने भएको हो ।

त्यस्तै म्युचुअल फण्डहरुको स्वामित्वमा रहेको हाथवे इन्भेस्टमेन्ट कम्पनीको ३६ हजार ५१२ कित्ता सेयरमा लकइन अवधि चैत १ देखि समाप्त हुने भएको छ । चैत २ गतेदेखि ती सेयर कारोबारका लागि फुकुवा हुने सेयर रजिस्ट्रार कम्पनी ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

अर्को सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको म्युचुअल फण्डसँग रहेको केही सेयरमा पनि लकइन अवधि चैत २३ देखि सकिँदैछ । म्युचुअल फण्डसँग भएको सोनापुरको ४ लाख २ हजार १९ कित्ता सेयरमा चैत २४ देखि कारोबार फुकुवा हुने सेयर रजिस्ट्रार कम्पनी एनआईएमबीएस क्यापिटलले जनाएको छ ।

सूर्याज्योति लाइफ इन्स्योरेन्सको कर्मचारीलाई सुरक्षित गरिएको २ लाख ९९ हजार २९३ कित्ता सेयरमा चैत २० देखि लकइन अवधि सकिने भएको छ । सो कम्पनीकै संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार ९१ कित्ता सेयरमा पनि चैत २० देखि नै लकइन अवधि सकिने भएको छ । यी सेयर साधारणसरह चैत २१ देखि कारोबार हुन सक्नेछ । सो कम्पनीको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता संस्थापक सेयरमा चैत २० देखि नै लकइन अवधि सकिनेछ । तर यो संस्थापक सेयरको कारोबार संस्थापक–संस्थापकबीच मात्रै हुन सक्नेछ ।

सेयरमा लकइन अवधि सकिएपछि थप सेयर कारोबारका लागि फुकुवा हुने भएकाले आपूर्ति बढ्न सक्दछ । आपूर्ति बढेवापत मूल्यमा पर्न सक्ने दवावलाई मध्यनजर गर्दै लकइन अवधि सकिनेबारे पहिले नै जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । सोबमोजिम सर्वसाधारण लगानीकर्ताले खरिदबिक्रीमा आफ्नो रणनीति तय गर्न सक्नेछन् ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसूचक आज १९.४ अंकले बढ्याे

१ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

शेयर बजारमा गिरावट

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

रविको मुद्दामा आज आदेश आउन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक