शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई पनि एमालेकाे आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई पनि एमालेकाे आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  सत्तारुढ प्रमुख घटक नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेको छ ।

शुक्रबार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समिकरणले मुलुक विद्यमान संकटलाई समाधान गर्न अनुकुलता प्रदान गरेको निष्कर्ष निकाल्दै त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको ५ राजनीतिक दलहरु सम्मिलित सरकारमा अन्य राजनीतिक दलहरुलाई साथ र समर्थन गर्नका लागि अनुरोध गर्ने निर्णय गरिएको बताए ।

बैठकले जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामहरुलाई तिब्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ ।

नयाँ सत्ता समीकरण मुलुकको स्वाधिनता, स्वाभिमान, राष्ट्रियतको प्रश्नमा, विकास र समृद्धिको प्रश्नमा, सामाजिक न्यायको प्रश्नमा फलदायी हुने विश्वास पनि एमालेले लिएको छ । महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउने हिसावले सरकारलाई पार्टीको तर्फबाट सकारात्मक योगदान पुर्याउन पार्टीको तर्फबाट सक्दो योगदान गर्ने निर्णय पनि बैठकले गरेको बताए ।

‘खासगरी मुलुकका सत्ता समिकरणमा आएको परिवर्तनका सन्दर्भका बारेमा बैठकमा छलफल भयो । त्यसलाई पार्टीले सकारात्मक रुपमा ग्रहण गरेको छ । र आज मुलुकमा जुन प्रकारको संकटको अवस्था सृजना भएको छ । त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा, जनतामा आशा र विश्वास जगाउने कुराहरुमा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पु¥याउने हिसावले नेकपा एमालेको तर्फबाट हामीले सकारात्मक योगदान गर्नुपर्दछ भन्ने निष्कर्षमा हामी रहेका छौं । र, अहिलेको अवस्थामा चाँही जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामहरुलाई तीब्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनु पर्दछ ।’ उनले भने,’त्यसले अनुकूलता सृजना गरेको छ भन्ने पार्टीको मान्यता रहेको कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु । र हामी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ५ राजनीतिक दलहरु नेकपा एमाले, नेकपा –माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा –एकीकृत समाजवादी) पार्टीहरु सामेल भएर सरकार निर्माण गर्ने प्रक्रियामा अघि बढेका छौं । र त्यसमा अन्य राजनीतिक दलहरुलाई पनि यो नयाँ प्रक्रियालाई साथ र समर्थन गर्नका लागि हामीले अनुरोध गरेका छौं । र यसका माध्यामबाट हामी देशमा उत्पन्न निराशालाई चिर्ने र देशभित्रै केही हुन सक्दछ भन्ने सकारात्मक भावनाको विकास गर्ने प्रयास सरकारको तर्फबाट अघि बढदछ । र यो सहकार्यलाई एक प्रकारले मुलुकको स्वाधिनता, स्वाभिमान, राष्ट्रियतको प्रश्नमा, विकास र समृद्धिको प्रश्नमा, सामाजिक न्यायको प्रश्नमा यो सहकार्य फलदायी हुनेछ भन्ने विश्वास हामीले राखेका छौं ।’

त्यसैगरी एमालेले आगामी वैशाख १० गते नेकपा स्थापना दिवस भव्य रुपमा मनाउन विशेष समारोह आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यसअघि वैशाख ८ र ९ गते पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बस्ने निर्णय गरिएको महासचिव पोखरेलले जानकारी दिए ।

एमालेको वार्षिक क्यालेण्डरमा नेकपा स्थापना दिवस विशेष समारोहकाबीच मनाउने तय गरिएको थियो । त्यसलाई सम्पन्न गर्ने विषयमा पनि विस्तृत छलफल गरिएको महासचिव पोखरेलले बताए ।

उनले भने,‘खासगरी हामीले पार्टी स्थापनाको ७५ औं स्थापनाको वर्षगाँठको अवसरमा विशेष कार्यक्रमहरु गर्दै जाने योजना बनाएका थियौँ । र वैशाख १० गते पार्टी स्थापना दिवसको दिन एउटा विशेष समारोह आयोजना गर्ने निर्णय थियो । त्यो निर्णयको बेला हामीले देशभरका अगुवा कार्यकर्ताहरु सहभागी बनाउने निर्णय गरेका थियौँ । र त्यसैको सेरोफेरोमा महाधिवेशन प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने, वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद बैठक आयोजना गर्ने र १० गते पार्टी स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गरेका छौँ । त्यसैको तयारी कसरी गर्ने भन्ने सन्दर्भमा आज हामीले छलफल गयौँ ।’

एमालेले अन्तर्राष्ट्रिय महिला दिवस, महा शिवरात्री पर्व र सेना दिवस अवसरमा पनि शुभकामना दिएको छ ।

यो पनि पढ्नुहोस्

यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी

एमालेको सचिवालय बैठक आज बस्दै

८ घण्टा अगाडि
एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

एमालेको सचिवालय बैठक आज बस्दै

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक