आइत, कार्तिक २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन्।

शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन्। उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन्।

उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको बताइन्। उनले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै गठबन्धन यहीँका दल र नेताहरुले बनाएका उल्लेख गरिन्।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यही गठबन्धनमा बसिरहने कुरा नहुने बताइन्।

उनले भनिन्, ‘त्यहाँभित्र हामीलाई असहज भयो। यसरी काम गर्नुभन्दा बरु छोड्नु पो ठीक हुन्छ कि? काम गर्न नसक्ने अनि पदमा मात्रै बस्ने जस्तो कुरा भनेर प्रधानमन्त्री विकल्प खोज्दै हुनुहुन्थ्यो। संयोगले एउटा नयाँ सहमति बन्यो र नयाँ गठबन्धन बन्यो। बाहिर सुशासन भनेको छ, आफ्नै मन्त्रीहरु झन्डा बोकेर अख्तियार जान्छन्। हरेक ठाउँमा विभिन्न सुशासनविरोधी गतिविधि भएको कुरा मिडियामा पनि आउँछ। तथ्य बुझ्दा हुन्छ पनि। छुन, चलाउन नसक्ने। काम गरेर अगाडि बढ्न त समग्र मन्त्रालय प्रधानमन्त्रीको मातहतमा हुन्छ। महत्वपूर्ण मन्त्रालयले यसरी जाउँ, उसो गरी जाउँ भन्दा मान्दै मान्दैन। खुट्टा अगाडि लैजान नसकेजस्तो। जनतालाई अलि बढी राहत हुने गरी काम गरौँ, त्यही ढंगले बजेट निर्माण गरौँ, आर्थिक स्रोत जुटाउँ र कार्यक्रमहरु थप्दै जाउँ आर्थिक मन्दी भएको छ, आर्थिक गतिविधि बढाऔँ भन्दाखेरी अर्थ सम्हालेको मन्त्रीले मान्दैन। मन्त्री फेरौँ भन्दा नेताले मान्दैन। त्यसैले नयाँ गठबन्धन बन्यो। त्यो पनि शुद्ध त छैन। अब जीवन, व्यवहारले पुष्टि गर्छ। केही मान्छे त विवादित छन् नि। तर पनि हाम्रो संख्या पुग्दैन। गठबन्धन गर्नुपर्छ, बहुमत पुर्‍याउनुपर्छ। यो बाध्यता त हुन्छ।’

उनले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताइन्। उनले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्‍याउनुपर्ने उल्लेख गरिन्। देशमा एउटा वामपन्थी धार र अर्को प्रजातान्त्रिक धार हुनुपर्ने उनको भनाइ थियो।

उपाध्यक्ष भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्नेमा जोड दिइन्। उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत अधिकार प्राप्त गर्नका लागि पनि आफूलाई क्षमतावान बनाउँदै लानुपर्ने उल्लेख गरिन्।

यो पनि पढ्नुहोस्

कांग्रेसको मत परिणाम सार्वजनिक

२ दिन अगाडि
कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना प्रविधि विज्ञमा आवेदन खुला

नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

सत्यको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिलोस्

आज दसैंको सातौं दिन फूलपाती

मूल्य बढाएका विराटनगरका व्यापारी कारबाहीमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक