काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरु नै देशको बहुमत जनता भएको बताएका छन्।
शुक्रबार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्ने कुरा सत्य नरहेको बताए। उनले उनीहरुको गल्ती कमजोरीबाट सिकेर आम नागरिकहरुले राम्रो काम गर्नुपर्ने बताए।
उनले पुरातात्किव र धार्मिक एवं साँस्कृतिक सम्पदाहरुको संरक्षण र पुनः निर्माणमा राज्यका निकायहरुले चासो नदिएको उल्लेख गरे।
उनले भने, ‘मजदुर किसानहरु नै देशको बहुमत जनता हो। पद ठूलो हुँदैमा, मान्छे धनी हुँदैमा उनीहरु राम्रा हुन्छन् भन्ने कुरा सत्य होइन। त्यसकारण तिनीहरुको गल्ती कमजोरीबाट सिकेर त्यस्तो काम नहोस् भन्नेकुरा मनमा राखौँ।’
उनले जनताको स्तरबाटै कम नगरी विकास हुन नसक्ने अवस्था आएको बताए। नयाँ पुस्ताले प्राचिक इतिहास र कलालाई संरक्षण गर्न आवश्यक रहेकोमा उनले जोड दिए।