शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पशुपतिनाथ मन्दिर परिसरको सुरक्षा गर्न चार हजार ४९ प्रहरी परिचालन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
पशुपतिनाथ मन्दिर परिसरको सुरक्षा गर्न चार हजार ४९ प्रहरी परिचालन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। महाशिवरात्रि पर्वको अवसरमा काठमाडौंको गौशालास्थित पशुपतिनाथ मन्दिर परिसरको सुरक्षाका लागि चार हजार ४९ प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले महाशिवरात्रिलाई लक्षित सुरक्षा योजना तयार गरी  दर्शनार्थीको शान्ति सुरक्षा तथा सवारी व्यवस्थापनका लागि विशेष कमान्ड पोस्ट स्थापना गरी प्रहरी र सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको जनाएको छ ।

कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले महाशिवरात्रि पर्वमा स्वदेशी तथा विदेशी भक्तजनको अत्यधिक भिड हुने भएकाले सवारी व्यवस्थापनका लागि ५८३ ट्राफिक प्रहरीसहित चार हजारभन्दा बढी प्रहरी परिचालन गरिने जानकारी दिनुभयो । सुरक्षा योजनामा ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन र जिल्ला प्रहरी परिसर, काठमाडौँबाट प्रहरी परिचालन हुने छ । प्रवक्ता मैनालीले पशुपतिनाथ मन्दिर परिसरको सुरक्षा व्यवस्था प्रभावकारी बनाई सो क्षेत्रमा हुने सवारी व्यवस्थापनसमेत सहज बनाइन आवश्यक तयारी भएको जानकारी दिनुभयो ।

सुरक्षा योजनाको नेतृत्व प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले गर्नुहुने छ । सुरक्षार्थ खटिने प्रहरीलाई कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती, स्टाइकिङ, ड्रोन, सिसिटिभी क्यामरा, बडी वर्न क्यामरालगायतका प्रविधिबाट दर्शनार्थीको निगरानी गरिने बताइएको छ । भइपरी आउन सक्ने अवस्थाको मूल्याङ्कन गरी प्रहरी अस्पतालबाट चिकित्सकसहितको एम्बुलेन्स, तालिम प्राप्‍त उद्धारकर्मी तथा रिजर्भ फोर्ससमेतलाई तयारी अवस्थामा राखिने छ । आवश्यक परेमा अन्य सुरक्षा अङ्गबाट पनि सहयोग लिने गरी उपत्यका प्रहरीले समन्वय गरिसकेको जनाएको छ । मेलाको समयमा शान्ति सुरक्षाका लागि ९३५ महिला प्रहरी, ४३९ सादा पोसकका प्रहरी परिचालन गरिने छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले आवश्यक सुरक्षाका लागि थप तीन हजार ५११ प्रहरी खटाएको प्रवक्ता मैनालीले जानकारी दिनुभयो । मेला सुरु भएदेखि समाप्‍त नभएसम्मका सबै गतिविधिको सूक्ष्म निगरानीका लागि कमान्ड पोस्‍टमार्फत सादा पोसाकका प्रहरीका साथै ड्रोन र रिजर्भ फोर्सबाट सूक्ष्म निगरानी गरिने प्रहरीले जनाएको छ । प्रहरीले मेलामा सहभागी हुने दर्शनार्थीलाई अपरिचित व्यक्तिले दिएका खानेकुरा नखान, नगद तथा बहुमूल्य सामान र गहना सकभर प्रयोग नगर्न अनुरोध गरेको छ ।

 

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

११ घण्टा अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

ओलीबाट धोका पाएका शिक्षकहरु महावीरको टेबलमा

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक