काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट नयाँ मन्त्रीमण्डलमा सहभागी हुने दुई जना मन्त्रीको नाम निश्चित भएको छ । बिहीबार साँझ बसेको जसपाको कार्यकारिणी समिति बैठकले सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरेको हो ।
जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्री दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र साह वन तथा वातावरण मन्त्री बन्ने भएका हुन् । यस्तै कार्की भने स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।
तर यसबारे अन्तिम निर्णय लिन जसपा कार्यकारिणी समितिको बैठक शुक्रबार पुनः बस्ने भएको छ । अध्यक्ष यादवले मन्त्रीबारे अन्तिम निर्णय लिन आज शुक्रबार पुनः बैठक बस्ने जानकारी गराएकाे छ । आज टुंगोमा पुग्छौँ ।’