मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बिरगञ्ज । वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शव निकालेर प्रहरीले ती बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सबितालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई नजिकको सिर्सिया नदि छेउको आर्यघाटमा खाल्डो खनेर गाडिएको अवस्थामा १२ वर्षीय दिलीप मण्डल धानुकको शव निकालेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।ब थापाका अनुसार प्रहरी तथा छिमेकीलाई समेत खबरै नगरी शव गाडेको हुँदा घटना शंकास्पद देखिएको छ । वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले आर्यघाटबाट शव निकालेको थापाले बताए ।

आमा–बुबाले बिहीबार घरकै एक कोठामा दिलीपलाई थुनेर ज्याला मजदुरीका लागि घरबाट निस्किएको छिमेकीले बताएका छन् । प्रहरी नायब उपरीक्षक थापाका अनुसार कामबाट बिहीबार साँझ घर फर्किँदा दिलीप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाह नदिई अटोरिक्सामा शव राखेर घाटमा लगेर गाडेको बुबा शम्भुले स्वीकार गरेका छन् ।

दिलीप लागूपदार्थको कुलतमा फसेको र अरूको घरघरमै पसेर मोबाइल लगायतका सामान चोरेर हैरान पार्न थालेपछि आफूहरू कामका लागि बाहिर जाँदा दिलीपलाई कोठामै थुनेर जाने गरेको बुबा दिलीपले प्रहरीसमक्ष बयान दिएका छन् । दिलीपको शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि मात्र बालकको मृत्युको यकिन कारण खुल्ने र त्यसको आधारमा प्रहरी अगाडि बढ्ने प्रहरी नायब उपरीक्षक थापाले बताए ।

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

निर्वाचन आयोग समन्वय उपसमितिमा सदस्यहरु मनोनित

९ घण्टा अगाडि
कामपाले पुँजीगत खर्चलाई बढाउने

कामपाले पुँजीगत खर्चलाई बढाउने

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक