शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अर्थमन्त्री वर्षमान पुन अनन्तबाट निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
अर्थमन्त्री वर्षमान पुन अनन्तबाट निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता जनाएका छन्।

बधाई तथा कार्यकाल सफलताको कामना गर्न आएको नेपाल उद्योग बाणिज्य संघको प्रतिनिधिमण्डलसँग बिहीबा सिंहदरबारस्थित मन्त्रालयमा कुरा गर्दै उनले उच्च मनोबलका साथ ढुक्क भएर लगानी गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे।

अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि निजी क्षेत्र, सरकार र आमजनताबीच सहकार्य जरुरी रहेकामा जोड दिँदै उनले नीतिगत र व्यवहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको प्रतिबद्धता जनाए।

धितोपत्र बजार, घरजग्गा कारोबार तथा सहकारीमा आएका समस्याका कारण निजी क्षेत्रका लगानीकर्ताको मनोबल गिरेको उल्लेख गर्दै पुनले समस्या समाधानका लागि सरकारका तर्फबाट कुनै कसर बाँकी नराखिने विश्वास दिलाए । अर्थतन्त्र त्रमा परेको दबाबको कारण आन्तरिक र बाह्य दुवै रहेको मन्त्री पुनको स्पष्टोक्ति थियो ।

०७२ को महाभूकम्म र कोरोना महामारीपछि तंग्रिँदै गरेको अर्थतन्त्र रुस–युक्रेन र इजरायल–महास युद्धका कारण फेरि दबाबमा परेको चर्चा पुनले गरे ।

‘उद्योगी–व्यवसायी र समग्र निजी क्षेत्रलाई निरुत्साहित हुन दिन्न । यो मेरो जिम्मेवारी हो’ पुनले भने, ‘सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी नीतिगत व्यवस्था र व्यवहारिक सहजीकरण गर्छ । सरकार, निजी क्षेत्र र आमजनताको हातेमालोमा अर्थतन्त्रका समस्या समाधान भएर जान्छ भन्ने आत्मविश्वासका साथ १२ वर्षपछि दोश्रोपटक मन्त्रालयमा आएको छु ।’

पुनले कानूनको पूर्ण पालना गरेर व्यवसाय गर्न निजी क्षेत्रलाई अपिल गर्दै गल्ती नगर्ने कोही पनि सरकार र नियामक निकायसँग तर्सिनुनपर्ने स्पष्ट गरे । तर, नियामक निकायले पनि सहजीकरण गर्नुपर्नेमा अनावश्यक समस्या सिर्जना गर्न नहुने उनको भनाइ थियो । एउटा सेक्टरका कसैले गल्ती गर्दैमा सो क्षेत्रका सबैलाई उत्तिकै दोषी देख्ने प्रवृत्ति समाजमा देखापर्न थालेको चर्चा गर्दै पुनले सबै मिलेर त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

‘एउटा राजनीतिज्ञले गल्ती गर्दा राजनीतिमा लागेका सबै खराब, एउटा व्यवसायीले गल्ती गर्दा व्यवसायीजति सबै खराब, सुरक्षा निकायको एउटा व्यक्तिले गल्ती गर्दा सिंगो सुरक्षा संयन्त्र नै खराब भन्ने जस्तो प्रवृत्ति समाजमा देखिन थालेको छ’, पुनले भने, ‘आफूमाथि सार्वजनिक रुपमा उठेका प्रश्नको जवाफ सबैले दिनुपर्छ । तर, कुनै एक जनाले गल्ती गर्दा पूरै सेक्टर नै गलत भन्ने प्रवृत्तिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ ।’

मन्त्री पुनले ‘पहिला सुन्ने, अनि थुन्ने’ भन्ने उद्योगी–व्यवसायीका मागमा आफ्नो समर्थन रहेको स्पष्ट गरे । राज्य नागरिकको अभिभावक भएकाले सबै नागरिकले आफू, परिवार र निजी सम्पत्तिको सुरक्षाको प्रत्याभूति गर्न पाउनुपर्नेमा आफू अडिग रहने पनि पुनले बताए ।

राज्य जनताको अभिभावक भएकाले एउटा सेक्टरको कसैले गल्ती गर्दैमा त्यस सेक्टरका सबैलाई ठीक पार्छु भनेर तर्साउन नमिल्ने तर्क उनको थियो ।

नेतृत्वको परीक्षण संकटकै बेला हुने भन्दै उनले चुनौती सामना गर्न तत्पर भएरै अप्ठ्यारो समयमा आफूले मन्त्रालयको नेतृत्व सम्हालेको पुनले बताए । पहिलोपटक सन् ००८ को विश्व आर्थिक मन्दीको प्रभाव कायमै रहेका बेला ०११ म आफू मन्त्री भएको र त्यतिखेरको आर्थिक संकट समाधानका लागि गरेका प्रयासहरुको अनुभवका आधारमा अर्थतन्त्रका विद्यमान संकट पार लगाउन सक्षम हुने विश्वास निजी क्षेत्रलाई उनले दिलाए ।

फरक प्रसंगमा पुनले राजनीतिक रुपले प्रधानमन्त्रीको कुर्सी कम्तिमा एक वर्षका लागि सुरक्षित भए पनि जनतामा आशा जगाउन र सुशासनको अभियानलाई निरन्तरता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखिम मोलेर गठबन्धन परिवर्तन परेको उनको भनाइ थियो ।

‘पुरानो गठबन्धन कायम राख्दा पनि प्रधानमन्त्री कम्तिमा एक वर्षका लागि सुरक्षित हुनुहुन्थ्यो । कसैले पनि उहाँको कुर्सी हल्लाउन सक्ने अवस्था थिएन’, पुनले भने, ‘ नतिजा आउने गरी आमजनतामा आशा जगाउनुपर्ने भएका कारण गठबन्धनमा परिवर्तन गरिएको हो । सरकार पक्कै पनि यसलाई अवसरका रुपमा बदल्न सफल हुनेछ ।’

यो पनि पढ्नुहोस्

कांग्रेसमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेसमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बस्दै

१४ घण्टा अगाडि
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

देशभरका तीन हजार ४८६ उम्मेदवारले मनोनयन पत्र दर्ता

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक