शनि, मंसिर २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

माओवादी सुप्रिमो प्रचण्ड र राजनीतिक उथलपुथल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालको राजनीतिक इतिहासमा फेरि एकपटक नयाँ घटनाको रुपमा नयाँ सत्ता समीकरण बनेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको सात दलीय गठबन्धन त्यागेर एमाले, रास्वपा, जसपासहितका दलसँग मिलेर नयाँ गठबन्धन बनाएका हुन् । यसले राजनीतिक वृत्त तरल बनेको छ भने आगामी सरकार निर्माण र यसका कामका बारेमा विभिन्न अड्कलबाजी हुन थालेका छन् । तर, यो गठबन्धनले नेपालको अस्थिर राजनीतिलाई फेरि एकपटक पुनरावृत्ति गरिदिएको छ ।

लामो समयदेखि नेपालको राजनीति स्थिर हुन सकिरहेको छैन, निर्वाचनपछिका सरकारले आफ्नो कार्यकाल पूरा गर्न नभई भंग हुने गरेका छन् । कम्युनिस्ट दलबीच कहिले सहकार्य तथा कहिले पानी बाराबारको स्थिति हुने गरेको छ । यस्तो स्थितिमा कांग्रेसले कम्युनिस्ट दलहरुसँग मिलेर सरकार बनाउने गरिरहेको छ । तर, राजनीतिक अस्थिरताका कारण जनजीविकाका मुद्दा भने ओझेलमा परेको छ । मुलुकमा आर्थिक संकट रहँदा विकास निर्माण, उत्पादन, रोजगारी सृजना आधारभूत विषयमा काम हुन सकेको छैन । त्यहीकारण राजनीतिक उथलपुथल पार्टी र निश्चित व्यक्तिका लागि लाभ र हानिको विषय भइरहँदा देश र जनताका लागि भने सधैं हानिको विषय बनिरहेको छ ।

राजनीतिमा देखिने नयाँ नयाँ गठबन्धन स्थायी नहुनु र यसले देश तथा जनताको पक्षमा कुनै काम नगर्नुको चिन्ताको विषय हो । त्यही कारण अहिले माओवादी, एमाले, रास्वपा र जसपालगायत दलबहरुबीचको नयाँ गठबन्धन पनि कति समयसम्म टिक्ट र यो देश र जनताकेन्द्रित कति हुनसक्छ भन्ने अहं सवाल हो । अहिले सीमित दल सत्तामा पुग्न गठबन्धन गरिएका हो भने पुरानो र नयाँ गठबन्धनबीच कुनै अन्तर नरहने स्पष्ट छ ।

यसबीचमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले भने आफू नमर्दासम्म नेपालको राजनीतिमा उथलपुथल भइरहने सार्वजनिक कार्यक्रममा जनाएका छन् । प्रचण्डले समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको जनाए । उनले माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको र निरन्तरतामा रमाएर स्थिरतामा बस्न नसक्ने उल्लेख गरे । प्रचण्डले भनेजस्तै माओवादी पार्टी नेपाली राजनीतिको उथलपुथलको कारण बनिरहेको छ । त्यो पार्टीलाई साढे ३ दशकदेखि नेतृत्व गरिरहेकाले प्रचण्डले पनि यसको जिम्मेवारी लिन पर्छ । ५० को दशका राजनीतिक परिवर्तनका लागि हतियार उठाएको माओवादी शान्ति प्रक्रियामा आएपछि विभिन्न गठबन्धनबाट पटकपटक सरकारमा सहभागी भएको छ । गठबन्धन बन्ने र भत्किने विषयमा माओवादीको भूमिका पनि उत्तिकै छ । तर, यस्तो उथलपुथल देश र जनताको हितमा केन्द्रित हुन सकेको र राजनीतिक दाउपेच र अस्थिरताको कारण बनिरहेको विषयमा भने प्रचण्डले चिन्ता लिनुपर्ने देखिन्छ । प्रचण्डका आगामी कदमहरुले पक्कै पनि देशको भविष्य कस्तो हुने भन्ने निर्धारण गर्नेछ । त्यसैले पनि उनले आफ्ना पाइलाहरुलाई बडो सोचविचारका साथ सार्नुपर्ने देखिन्छ । नत्र भने प्रचण्डले भनेजस्तै उनी नमर्दासम्मको राजनीतिक उथलपुथल त होला, तर यसलाई जनताले धिक्कार्ने अवस्था आउन सक्छ ।जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पामा भएकाे जिप दुर्घटनामा निधन भएका मध्ये दुई जनाको सनाखत

१३ घण्टा अगाडि
जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक