प्रधानमन्त्रीलाई बाबुरामको सुझाव-बैंकहरुमा ६० खर्ब रुपैयाँ छ, एक खर्ब गरिब–किसानलाई बाँड्ने आँट गर्नुस्

2.2k
SHARES
27k
VIEWS

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन्।

बिहीबार काठमाडाैंमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चितसम्मको ऋण मिनाह घोषणा गर्न आग्रह गरे।

उनले लिखित तमसुकहरु खोजेर कारबाहीको दायरामा ल्याउन आग्रह गरे। उनले नेपालका बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिब किसानलाई बाँड्न आँट गर्न आग्रह गरे।

उनले मिटरब्याज पीडितहरुको विषयमा बनेका थुप्रै आयोगहरुको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको अयाोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे।

उनले भने, ‘मिटरब्याज पीडितको विषयमा थुप्रै आयोगहरु बनेका छन्। पहिला पनि बनेको थियो, प्रतिवेदन दिइयो। तर पछिल्लो पटक गौरीबहादुर कार्की आयोग जुन बन्यो, त्यसले दिएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन, त्यसलाई केले रोकेको छ? मेरा मित्र रविजी हिजो मात्रै उपप्रधान एवं गृहमन्त्री बन्नुभएको छ, रविजी तपाईले आज नै त्यसलाई जारी गरिदिनुस्, बल्ल तपाईहरु परीक्षाबाट उत्तिर्ण हुनुहुनेछ। नत्र जुन जोगी आएपनि कानै चिरेका भनेजस्तो हुने खतरा छ।’

उनले थपे, ‘कमरेड प्रचण्डलाई आग्रह गर्दछु। हिजो हामीले जनयुद्धताका जुन जाली तमसुक झुटो तमसुक बनाइएको थियो, त्यो खोसेर च्यातेको, आगो लगाइएको हो कि होइन? अहिले आगो लगाउनुस् र च्यात्नुस् भन्दिन तर अहिले निश्चितसम्मको ऋण मिनाह तुरुन्तै घोषणा गर्न सक्नुहुन्छ। लिखित तमसुकहरु खिच्नुस् र राख्नुस्। र घोषणा गरिदिनुस्। हामीसँग पैसा नभएको होइन। ६० खर्ब हाम्रो बैंकहरुमा छ। त्यो भनेको वर्षभरको कुल सम्पत्ति हो, त्यो ५० खर्ब छ। ६० खर्बबाट एक खर्ब रुपैयाँ यी गरिब किसानलाई किन बाँड्न र आँट गर्न सक्नुहुन्न? त्यति गर्नुहोस्।’

पूर्वप्रधानमन्त्री भट्टराईले लघुवित्त पीडितका मागहरुमा आफ्नो आफ्नो पार्टी नेपाल समाजवादीको तर्फबाट पूर्ण समर्थन रहेको बताए।

लामो समयदेखि मिटरब्याज पीडितहरू देशका विभिन्न ठाउँबाट राजधानीमा आएर न्यायको माग गरिरहेका छन्। उनीहरूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै सरकारप्रति असन्तुष्टिसमेत जनाएका छन्।

सरकारलाई दबाब दिन गत माघ १६ गते पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेका मिटर ब्याज पीडितहरूले धर्ना तथा आन्दोलन गरिरहेका छन्।

यो पनि पढ्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist