नेपाल मै पहिलो पटक जिल्लाका सम्पुर्ण स्थानिय तह सहभागी रहेको ” पालिका कप २०८०” क्रीकेट प्रतियोगिता रौतहटमा हुने भएको छ ।
रौतहट जिल्ला क्रीकेट संघको आयोजनामा यहि फाल्गुन २६ गते बाट प्रतियोगिता संचालन हुने रौतहट जिल्ला क्रीकेट संघले आज एक पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
प्रतियोगिताका विजेता टिमले नगद ३ लाख र उप विजेता टिमले नगद १ लाख ५० हजार पुरस्कार पाउने संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपालले बताएका छन । यस प्रतियोगिताको फाइनल खेल चैत्र २४ गते नेपाल मै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको बत्ति जडान गरि रात्रिमा हुने संघले तैयारी गरेको छ ।यस्तो खेल राैतहट जिल्लामा पहिलोपटक हुन लागेको छ। यश खेलले राैतहटका खेलाडीलाई राष्ट्रिय स्तरकाे खेलमा छनाैट समेत हुन माैका पाईन्छ । खेल जगतमा अहिलेकाे अबस्थामा मा क्रिकेट संसार कै सबैभन्दा ठुलाे लाेकप्रिय खेलकाे रूपमा ब्यक्तिहरूले देखिरहेका छन । केही बर्ष अगाडि राष्ट्रिय खेलकाे लागि राैतहट जिल्लाबाट जितेन्द्र मुखिया ले छनाेट भईसकेका छन । यश पालहि पनि पालिका खेलबाट केही खेलाडी ले छनाेट हुन सक्ने अध्यक्ष ले बताएका छन ।