बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

तीन उपप्रधानमंत्री रघुबिर,नारायणकाजी र रविसहित मंत्रीहरुले गरे पदबहाली

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
तीन उपप्रधानमंत्री रघुबिर,नारायणकाजी र रविसहित मंत्रीहरुले गरे पदबहाली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / तीनजना उपप्रधानमंत्री र मंत्रीहरुले पदभार ग्रहण गरेका छन् । उपप्रधान एबम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगी पदबहाली गरेका छन्। त्यस्तै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगी पदबहाली गरेका छन्। त्यस्तै, अर्थमन्त्री बर्षमान पुनले पनि अर्थमन्त्रालय पुगी पदबहाली गरेका छन्। अन्य मन्त्रीहरुले पनि आआफ्ना मन्त्रालय पुगी पदबहाली गर्ने क्रम जारी छ।

नयाँ सत्ता गठबन्धनका तर्फबाट नवनियुक्त १६ मन्त्रीहरुले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गरेको मन्त्रिपरिषद विस्तारअनुसार शपथ लिन बाँकी १६ मन्त्रीले बुधबार शपथ लिएका हुन्। २० सदस्यीय मन्त्रिमण्डलमा एक जना प्रधानमन्त्री दाहाल आफैँ छन् भने तीन जनाले सोमबार नै शपथ लिइसकेका छन्। प्रधानमन्त्री दाहालको उपस्थितिमा नवनियुक्त मन्त्रीहरुले बुधबार राष्ट्रपति पौडेलबाट शपथ लिएका हुन्।

प्रधानमन्त्री दाहालले एमालेका ८, माओवादीका आफूसहित ६, रास्वपाका ४ र नेकपा समाजवादीका २ गरी २० सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्।

प्रधानमन्त्री दाहालले बाँकी १९ जनाकै जिम्मेवारी पनि तोकेका छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बनेका छन्। उनी एमालेका सचिव हुन्।

त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्। एमालेका दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुनले अर्थको जिम्मा पाएका छन्। शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन्  भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन्।

त्यस्तै, नेकपा समाजवादीबाट भानुभक्त जोशी सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकासमन्त्री बनेका छन्।

एमाले र मा‌ओवादीसहितको नयाँ सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीले औपचारिक रुपमा सहमति दिएको थियो।

नेकपा एकीकृत समाजवादीको केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन निर्माण गर्ने रणनीति स्वरुप साना दलहरुलाई आफ्नो पक्षमा उभिन आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२३ घण्टा अगाडि
राप्रपाको आजदेखि ३ जेठसम्म केन्द्रीय समितिको पूर्ण बैठक

राप्रपाले सरकारसँग नवीन सम्झौताका लागि माग

२४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक