शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

नयाँ गठबन्धनले नयाँ गति लिनुपर्छ

ओली र प्रचण्डलाई आत्मसमीक्षा गरेर अगाडि बढ्न वामदेव गौतमको सुझाव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नयाँ गठबन्धनले नयाँ गति लिनुपर्छ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं /  नेपालका दुई ठूला वामपन्थी पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको नयाँ गठबन्धनले कम्युनिस्ट पार्टीहरुबीच सहकार्यको फेरि एउटा नयाँ अध्याय सुरु भएको छ । यसअघि कांग्रेसलगायत दलसँगको ‘अप्राकृतिक’ गठबन्धनका कारण आलोचना हुने गरेको माओवादीले फेरि एमाले, नेकपा एस लगायत वामपन्थीहरुसँग सहकार्यको हात बढाएको हो ।

गत सोमबार घोषणा भएको नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपा छन् । अन्य दललाई पनि सत्ता गठबन्धनमा सहभागी गराउन प्रयास चलिरहेको छ । विशेषगरी कम्युनिस्ट पार्टीहरुबीच यो गठबन्धन कारण नयाँ उत्साह छाएको छ । नेपाली कम्युनिस्ट आन्दोलनका लागि र समाजवादको गन्तव्यमा अघि बढ्नका लागि पनि वामपन्थी पार्टीहरु सहकार्य र एकतासम्मको आवश्यकतामा वामपन्थी बुद्धिजीवीहरुलाई सधैं जोड दिँदै आएका छन् । अहिलेको गठबन्धन त्यो बाटोमा अघि बढ्न सक्ने उनीहरुको विश्लेषण छ ।
नेपालमा कम्युनिस्ट पार्टीहरु शक्तिशाली हुँदाहुँदै पनि आफैंमा मतान्तर र विभाजनका कारण कमजोर छन् । यही कारण दक्षिणपन्थी तथा पुँजीवादी दलहरु र विदेशी शक्ति पनि कम्युनिस्ट पार्टीहरुको यही कमजोरीमा खेल्न सफल भइरहेका छन् । तर, यसले सर्वहारावर्ग, विपन्न, किसान, श्रमिकको हकहितमा काम गर्ने वातावरण निर्माण हुन सकेको छैन । कम्युनिष्ट नेताहरुमा नै विचलनका कारण पनि समाजवादको गन्तव्यमा मुलुक अघि बढ्न सकेको छैन ।

एमाले र माओवादीबीचको यो गठबन्धन त्यो जनअपेक्षा पूरा गर्न सक्छ कि सक्दैन भन्ने जगमा उभिएको छ । विगतमा पनि यिनै कम्युनिस्ट पार्टीहरुबीच एकता भएको थियो, सरकार पनि निर्माण भयो, तर जनताको सवालमा काम गर्ने बेलामा भने असफलसिद्ध भए, आन्तरिक विभाजनका कारण पार्टी नै फुट्यो । त्यस्तो अवस्था फेरि पनि निम्तिन सक्ला, नेताहरु जनताको वास्तविक समस्या समाधान गर्न भन्दा पनि व्यक्तिगत स्वार्थपूर्तिमा लाग्लान् भन्ने आशंका गर्न विगतका प्रशस्त आधार छन् । त्यसकारण विगतका कमीकमजोरीलाई हटाएर नयाँ गठबन्धनले नयाँ गति लिनुपर्ने देखिएको छ ।

यसका लागि नयाँ गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्ने सुझाव दिन्छन्, पूर्वउपप्रधानमन्त्री एवं नेता वामदेव गौतम । उनले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहे पनि यसलाई टिकाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको जस्तो अस्थिरता कम्युनिस्ट गठबन्धनपछि देखाउनु नहुने धारणा राखेका छन् ।

विगतमा कम्युनिस्ट पार्टीबीचको एकता भई नेकपा गठन भएको थियो । तर, ओली र दाहालको जुँगा लडाइँको बीच नेकपा नै भंग भयो । त्यसैले यसपटक भने ओलीको व्यवहारमा सुधार नभए प्रधानमन्त्री दाहालले पुनः कांग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने नेता गौतमको धारणा छ । ‘कांग्रेस काँग्रेस भएरै अघि बढ्नुपर्छ, बिपीको विचारधारा लिएरै कांग्रेस अघि बढ्नुपर्छ । कम्युनिस्ट कम्युनिस्ट भएरै अघि बढ्नुपर्छ । आफैं जनताको बीचमा जानुपर्छ,’ उनले भने ।

उनले अगाडि भने, ‘जनतासँग मत प्राप्त गरिसकेपछि प्रधानमन्त्री पाउनको निम्ति जे पनि गर्ने, त्यस्तो किसिमको गर्नु हुँदैन । अहिले पनि कम्युनिस्ट र कांग्रेस मिलेर जाने स्थिति छ । यो स्थिति अन्त्य भइसकेको छैन । मिल्ने स्थिति पनि तुरुन्तै बन्छ र छुट्टिने स्थिति पनि तुरुन्तै बन्छ । अहिलेलाई यसलाई सकारात्मक ढंगले लिनुपर्छ ।’ उनले केपी ओली र दाहालले आफूलाई सहमत गराइ संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको जनाए ।

यसबीच, उत्तरी छिमेकी मित्रराष्ट्र चीनले पनि नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा चासो देखाएको छ । नयाँ गठबन्धनले नेपालको राजनीतिले स्थिरता लिने विश्वास चीनले लिएको छ । पुनर्गठित मन्त्रिपरिषद्ले राजनीतिक स्थिरता, अर्थतन्त्रको विकास र जनजीवन सुधारका लागि विभिन्न पक्षसँग एकता र सहकार्य गरी अघि बढ्ने विश्वास लिएको चिनियाँ परराष्ट्रमन्त्रालयले जनाएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे कुरा उठेको हो । नेपालको राजनीतिक घटनाक्रमबारे उठेको जिज्ञासामा परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङले नेपालको नयाँ गठबन्धनले स्थिरता पैदा गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

प्रवक्ता माउले नेपालमा नयाँ सत्ता गठबन्धन निर्माण गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमाथि चीनले ध्यान दिएको भन्दै राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपालका सबै दलले एकताबद्ध भई सहकार्य गर्ने विश्वास व्यक्त गरेकी छन् । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

१२ घण्टा अगाडि
सुशीला कार्कीको प्रधानमन्त्री पद धरापमा !

सुशीला कार्कीको प्रधानमन्त्री पद धरापमा !

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक