जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता

2.2k
SHARES
27k
VIEWS

अध्यक्ष चित्रबहादुर केसीले फागुन २४ गते (आज) विज्ञप्ति जारी गरी प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन्।

वक्तव्यमा विगतको नेपाली कांग्रेससहितको गठबन्धन नेकपा एमालेले अपनाएको प्रतिगामी कदमविरुद्ध भएको उल्लेख गर्दै एमालेको नीतिमा अहिले पनि सुधार नभएको ठहर जनमोर्चाले गरेको छ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकी ‘साम्राज्यवाद’को नीति लागू गर्न गठित पार्टी भएको आरोप लगाउँदै जनमोर्चाले सो पार्टीलाई सरकारमा सामेल गर्नुले देशको राष्ट्रियता झन् कमजोर बन्ने दाबी गरेको छ।

सहकारी ठगीमा अनुसन्धान चलिरहेका व्यक्तिलाई गृह मन्त्रालयको जिम्मा दिनु प्रचण्डको लाचारीपन भएको आरोप पनि जनमोर्चाले लगाएको छ।

यस्तो छ वक्तव्य
प्रधानमन्त्रीले गर्नुभएको मन्त्रिपरिषद्‌को गठन तथा मन्त्रीहरूको कार्यविभाजन गर्दा अपनाएको नीतिप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएकोले यो वक्तव्य जारी गरेका छौँ।

१. प्रधानमन्त्रीले विभिन्न दलहरूलाई सरकारमा सामेल गरेर आज गर्नु भएको मन्त्रिपरिषदको गठन र मन्त्रीहरुको कार्य विभाजन गर्दा अपनाएको नीतिमाथि ध्यान दिँदा प्रचण्ड नेतृत्वमा बनेको पहिलेको सरकारलाई हाम्रो पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ।

२. हाम्रो पार्टी सम्मिलित नेका, माओवादी समेतको पाँचदलीय गठबन्धन एमालेको प्रतिगामीनीतिका विरुद्ध नै केन्द्रित रहेको थियो।प्रतिगमनका विरुद्ध गठन भएको पाँचदलीय गठबन्धनले विभिन्न निर्वाचनमा एमालेको प्रतिगमन-उन्मुख राजनीतिक दिशाका कारण नै ऊसँग कुनै पनि स्तरमा तालमेल नगर्नेसमेत नीति अपनाएको थियो। एमालेको प्रतिगमन-उन्मुख नीतिमा अहिले पनि कुनै सुधार वा परिवर्तन भएको छैन। एमालेको नीतिमा कुनै परिवर्तन वा सुधार नभई ऊसँग मिलेर मन्त्रिपरिषद्को गठन गर्ने कार्य सही हुन सक्दैन।

३. प्रत्यक्ष रूपले अमेरिकी साम्राज्यवादको नीति लागू गर्न बनेको र उसैको निर्देशनमा चल्ने संगठनलाई समेत सरकारमा सामेल गर्ने कार्यलाई हाम्रो दलले गम्भीरतापूर्वक लिएको छ। त्यो संगठनको प्रमुख नेता उपर विगतमा विभिन्न मुद्दा चलेका र हाल पनि सहकारी ठगीमा अनुसन्धान तथा मुद्दा चलिरहेको व्यक्तिलाई गृहजस्तो मन्त्रालय दिएर उनका सबै अपराधबाट उन्मुक्ति दिने कार्य हुनेछ।

४. प्रधानमन्त्री प्रचण्डले सुशासनमा आफ्नो जोड रहेको दाबी गर्दै आए पनि दर्जनौँ सहकारीका करोडौँ रुपैयाँ ठगीमा मुछिएका व्यक्तिलाई गृह मन्त्रालय दिने कार्यले प्रचण्डको लाचारीपनलाई नै देखाउँछ।

५. प्रतिगामी दिशा-उन्मुख एमाले तथा अमेरिकी साम्राज्यवादको निर्देशनमा चल्ने संगठन तथा त्यसको मुख्य नेतृत्व जुन सहकारीको करोडौँ रुपैयाँ ठगी काण्डमा मुछिएका व्यक्तिसमेतको सहभागितामा बनेको वर्तमान सरकारबाट प्रतिगमन, भ्रष्टाचारलाई बल पुग्ने तथा राष्ट्रियतामा गम्भीर आँच आउने कुरा स्पष्ट नै छ। त्यो अवस्थामा वर्तमान सरकारलाई समर्थन गर्न नसक्ने कुरा यसै विज्ञप्तिमार्फत स्पष्ट गर्न चाहन्छौँ।

६. यो सरकारले आगामी दिनहरूमा अपनाउने नीति र कार्यका आधारमा त्यसप्रति हामीले आफ्नो नीति स्पष्ट गर्दै जानेछौँ।
२०८० फागुन २४ गते।
चित्रबहादुर केसी
अध्यक्ष

यो पनि पढ्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist