काठमाडौं । चोरी गर्न घर पसेका चोरको आक्रमणबाट बाँकेमा घरमालिकको मृत्यु भएको छ । समूहमा आएका चोरको आक्रमणबाट घर मालिक सन्तोष थारुको मृत्यु भएको हो ।
चोरले कुटपिट गर्दा गम्भीर घाइते भएका थारुको नेपालगञ्जमा उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । चोरको कुटपिटबाट अर्का एक जना गम्भिर घाइते भएका छन् ।
जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्तीका थारुको घरमा गएराति १ बजेतिर चोरहरु आएका थिए । सात जनाको संख्यामा रहेका चोरहरुले घर प्रवेश गरेलगत्तै घरमा रहेकामाथि कुटपिट गरेका थिए ।
चोरको कुटपिटबाट गम्भिर घाइते भएकी मृतक थारुकी श्रीमती सबिता थारुको भेरी अस्पतालमा उपचार भइरहेको छ । लुटेराहरूले लुट्न खोज्दा थारु परिवारले प्रतिकार गरेको हुँदा धारिलो हतियार प्रयोग गरेर उनीहरूमाथि आक्रमण र कुटपिट भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब निरीक्षक जय बहादुर थारुको कमान्डमा खटिएको प्रहरी टोलीले लुटेराको खोजी गरिरहेको छ ।
चोरहरूले दुई वटा कानको झुम्का, एउटा नाकको फुली, दुई वटा मोबाइल र करिब ४० हजार नगद लुटेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट नजिकै रहेको ठाँउमा समेत लुटपाट र हत्या भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं
जनधारणा राष्ट्रिय साप्ताहिक
सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७
© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक