शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अहिले बनेको सरकार धेरै समय टिक्न नसक्ने : महामन्त्री गगन थापा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
भक्तराज आचार्यको सिर्जना कालजयी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले बनेको सरकार धेरै समय टिक्न नसक्ने जनाएका छन्। बुधबार भिडियो सन्देश जारी गर्दै थापाले अहिलेको गठबन्धन सरकार दौडने होइन हिँड्न समेत नसक्ने दाबी गरे। उनले भने, ‘यो सरकार आफैँ यसरी बनेको छ कि यो दौडिने त कुरै छोड्नुहोस्, यो हिँड्नै सक्दैन। यो आफ्नै भारीले थिचिन्छ र फतक्क कुहिएर झर्छ।’ नयाँ गठबन्धन सरकार ढलोस् भन्ने पक्षमा आफू नरहेको बताउँदै उनले राम्रो गरोस् भन्ने शुभेच्छा राखे पनि सरकार निर्माणको प्रक्रिया हेर्दा अगाडि बढ्न नसक्ने देखिएको उनको भनाइ छ।

थापाले सन्देशमा भनेका छन्, ‘कुनै बेला हाम्रो नेता गिरिजाप्रसाद कोइराला यस्तो खालको सरकार बन्दै गर्दा ‘फु‘ गरेर ढालिदिन्छु भन्नुहुन्थ्यो। म त्यसो भन्दिनँ। किनकि यो सरकार ढल्न फु पनि गर्नु पर्दैन।’ महामन्त्री थापाले कांग्रेस नेतृत्वको गठबन्धन भत्किनुको कारण कांग्रेस नभएको दाबी पनि गरे। कांग्रेसले काम गर्न नदिएको, महासमिति बैठकमा व्यक्त विचार र माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धबारे भएको टिप्पणी आदि बहानाबाजी मात्रै भएको उनले जनाए। एमालेको दस्तावेजमा समेत माओवादीले चाहे जस्तो भाषा र शब्दहरु नरहेको उल्लेख गर्दै महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको समेत माओवादीलाई हेर्ने दृष्टिकोण उसले चाहेजस्तो नरहेको जनाए।

बरु कांग्रेस समेतको गठबन्धनमा निश्चित समयपछि सरकारको नेतृत्व छाड्नुपर्ने भयले माओवादीले नयाँ समीकरण बनाएको उनको भनाइ छ। महामन्त्री थापाले भनेका छन्, ‘गठबन्धन अहिले फागुनमा टुट्यो, फागुनमा नभए चैतमा टुट्थ्यो, चैतमा नभए जेठमा टुट्थ्यो, जेठमा नभए असारमा टुट्थ्यो। त्यसैले कुनै न कुनै बाहना बनाएर आफूलाई केन्द्रमा राखेर माओवादी केन्द्रका नेताले यो दुर्घटनामा लानुहुन्थ्यो। त्यसकारण यसमा अल्मलिनु पर्दैन।’

यो पनि पढ्नुहोस्

यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी

एमालेको सचिवालय बैठक आज बस्दै

६ घण्टा अगाडि
एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको सचिवालय बैठक आज बस्दै

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक