काठमाडौं । सत्ता गठबन्धनमा थपिने दलहरूको संख्या निश्चित भएपछि मात्र मन्त्रालय बाँडफाँटको टुङ्गो लगाउने भएको छ । यस अघि सत्तामा रहेका नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले आन्तरिक छलफल गरेर निर्णय दिने भनेकाले भागबन्डामा प्रवेश नै नभएको कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
सिट बाँडफाँटका विषयमा टुंगो लगाउन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको थियो । साँझ ६ बजे प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर गएपछि बैठक स्थगित भएको थियो ।
सरकारमा आउन सकरात्मक दलहरुको निर्णय आएपछि कार्यदलको बैठक बस्ने गरि स्थगित गरिएको हो ।