बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जसपामा मन्त्री पठाउने विषयमा भएकाे बैठक निष्कर्ष बिहिन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
जसपाले मन्त्री पठाउन केही समय लाग्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक सरकारमा पठाउने मन्त्रीका विषयमा कुनै निर्णय नगरी सकिएको छ । सोमबारदेखि लगातार बसिरहेको कार्यकारिणीको तेस्रो बैठक मन्त्री छनोट नगरी सकिएको एक नेताले जानकारी दिए ।

बैठकमा सहभागी ती नेताका अनुसार गठबन्धनमा सहभागी हुने निर्णय गर्दा भागबण्डाको विषय पनि टुंग्याउन सुझाव दिएको, तर अध्यक्ष उपेन्द्र यादवले सहभागी हुने मात्रै निर्णय गरेको भनेर बैठकमा नेताहरूले असन्तुष्टि जनाएका छन् ।

मंगलबार बसेको बैठकमा पनि अहिलेकै अवस्थामा सरकारमा जान हतार हुने र मधेश प्रदेश सरकार आफ्नो हातबाट गुम्ने भन्दै नेताहरूले गठबन्धनको सुनिश्चितता हुन दिनुपर्ने राय अध्यक्ष यादवलाई दिएका थिए ।

त्यसपछि बुधबार बसेको बैठकमा भने मन्त्रिपरिषद्‍मा पठाउने नेताको नाम चयन गर्नुभन्दा पहिले मधेश प्रदेशको सरकार र संघीय सरकारमा पार्टीले पाउने मन्त्रालयको टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने बारेमा अन्तिम निर्णय गर्नुपर्ने सुझाव नेताहरुले दिएका छन् ।

त्यसपछि कुनै निर्णय नगरिकन अध्यक्ष यादव, नेताहरु राजेन्द्र श्रेष्ठ, मनिष सुमन र रकम चेम्जोङ छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटार गएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार अधिकांश सांसद र कार्यकारिणी सदस्यले अहिलेकै परिस्थितिमा सरकारमा सहभागी हुन नहुने धारणा राखेका छन् ।

‘वाम गठबन्धनमा जाने विषयमा सहमति जुट्न सकेन, मन्त्री छनौट गर्ने विषय धेरै पर रह्यो’, ती नेताले भने, ‘अहिलेको गठबन्धनमा गए मधेश प्रदेशको सरकार पनि गुमाउने स्थिति आउने धारणा आयो । सबै विषयमा छलफल भयो, तर निर्णय भएन ।’

जसपा कार्यकारिणी समिति बैठक पुनः बस्ने गरी सकिएको छ । तर अर्को बैठक कहिले बस्ने भन्ने टुंगो नलागेको ती नेताको भनाइ छ ।बालुवाटारमा छलफल गरेर फर्किएपछि अध्यक्ष यादवले पुनः अर्को बैठक बोलाउने भएका छन् ।

यो पनि पढ्नुहोस्

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

१ दिन अगाडि
राप्रपाको आजदेखि ३ जेठसम्म केन्द्रीय समितिको पूर्ण बैठक

राप्रपाले सरकारसँग नवीन सम्झौताका लागि माग

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक