सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एक महिनामा करिब एक लाख अफगानी आप्रवासी स्वदेश फिर्ता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
एक महिनामा करिब एक लाख अफगानी आप्रवासी स्वदेश फिर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काबुल । इरान, पाकिस्तान र टर्कीबाट एक महिनामा करिब एक लाख आप्रवासी त्यहाँ बस्ने विकल्पहरू नहुँदा अफगानिस्तान फर्केका छन् ।

तालिबान नेतृत्वको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विदेशबाट फर्केका नागरिकको सङ्ख्या पुष्टि गर्दै सबैलाई पुनः स्थापनाका लागि सरकारले सहयोग गरेको जनाएको छ ।

“जनवरी महिनामा पाकिस्तान, इरान र टर्कीबाट ९६ हजार ४९० अफगानी आप्रवासी स्वदेश फिर्ता भएका छन् । उनीहरूको व्यवस्थापनका लागि हामीसँग समितिहरू छन् । सीमामा उनीहरूलाई यात्रा भत्ता, खाना र गैर–खाद्य सहायता र जाडोका लुगाहरू दिई उनीहरूको गाउँ तथा शहरहरूमा जाने व्यवस्था गर्ने गरी क्षेत्रीय प्रशासनलाई जिम्मा लगाइने गरेको छ ।

“प्रत्येक परिवारलाई १० हजार नगद सहयोग प्रदान गरिएको छ,” शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका उपमन्त्री अब्दुल रहमान रसिदले भने ।

साथै, स्वदेश फर्केका केही आप्रवासीले तालिबान सरकारसँग उनीहरूलाई रोजगारीको अवसर उपलब्ध गराउन अनुरोध गरिरहेका छन् । पायिन्दाले पाकिस्तानबाट आफ्नो सात सदस्यीय परिवारसँग स्वदेश फर्केपछि आप्रवासनका चुनौतीहरूबारे पायिन्दा थर बताउने अफगान नागरिकले भने, “तिनीहरूले हाम्रो पैसा लुट्थे । हामी हामी अफगानिस्तानबाट पाकिस्तान पुगेका थियौँ त्यसैले स्वतन्त्र रूपमा यात्रा गर्न वा स्वास्थ्य परीक्षणका लागि राम्रो चिकित्सकलाई भेट्न असमर्थ थियौं ।”

उनले भने, “हालैका वर्षहरूमा शत्रुताका कारण लाखौं मानिसहरू देश ९अफगानिस्तान० छोड्न बाध्य भएका छन् ।”

विदेश रहँदाको अनुभव सुनाउँदै हालै इरानबाट स्वदेश फर्किएका नाजानिनले भने, “उनीहरूले पहिले मेरा श्रीमान्लाई लगे । पछि उहाँले फोन गरेर आफूलाई इरानी जेलमा राखिएको बताउनुभयो । चार दिनपछि म उहाँलाई भेट्न गएँ । इरानी प्रशासनले हामीलाई देश छोड्न चेतावनी दिएको रहेछ । श्रीमान्ले हामीलाई तीन दिनको समय दिनुहोस्, हामी यहाँबाट जान्छौं भन्नुभयो र स्वदेश फर्कियौँ ।”

उनले थपे, “तीन दिनपछि हामी स्वदेश फर्किएका छौँ । तर, यहाँ हाम्रो बास र खाने प्रबन्ध मिलाउन कठिन भइरहेको छ किनकि दुव्यवहार हुनसक्ने डरमा हामी आफ्नो जन्मस्थान पुग्न सकेका छैनौँ ।”

“सरकारले रोजगारीको अवसर प्रदान गर्नुपर्छ ताकि कोही पनि फेरि इरान फर्कन नपरोस् र हामी सबैले आफ्नो मातृभूमिमा आफ्नो प्रगति गर्न सकौँ,” सोही समूहमा इरानबाट स्वदेश फिर्ता भएका खैरुदिनले टोलोन्यूजलाई बताए ।

विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० ले पाकिस्तानबाट जबर्जस्ती देश निकाला गरिएका अफगानी आप्रवासीहरूको दुर्दशाको बारेमा चिन्ता व्यक्त गरेको छ । उनीहरू अहिले केवल बाँच्नको लागि पैसा सापटी लिने र उधारोमा सामान किन्ने गरिरहेका छन् ।

विकराल अवस्थालाई उजागर गर्दै डब्लुएफपीले अफगानी आप्रवासीहरू कुनै पनि सुविधा वा सहयोगबाट बञ्चित भएर बाँच्नका लागि ऋण लिनैपर्ने अवस्था रहेको सङ्गठनको वेबसाइटले देश निकाला गरिएका अधिकांश आप्रवासीहरू हाल अन्यौलको अवस्थामा रहेको कुरालाई जोड दिएको छ ।

विश्व खाद्य कार्यक्रमले खाद्य सहायताको लागि एक महत्वपूर्ण आवश्यकतामाथि जोड दिँदै केही फर्केका आप्रवासीहरू अझै पनि भोकमरीसँग जुधिरहेका बताएको छ । अफगानिस्तानमा आप्रबासी समस्या र खाद्य सुरक्षा गम्भीर बनेको डब्ल्यूएफपीले जनाएको छ ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त ९यूएनएचसीआर० का अनुसार छिमेकी देशहरूबाट अफगान शरणार्थीहरूको निरन्तर फिर्ती बढ्दो मुद्रास्फीति र शरण दिइएका देशहरूमा रोजगारीका अवसरहरूको अभावसँग सम्बन्धित छ ।

हाल इरान, टर्की र पाकिस्तानमा करिब ६० लाख अफगानी आप्रवासी रहेको बताइएको छ । सन् २०२१ को अगष्टमा तालिवान सत्तामा फर्किएपछि हजारौं अफगानीहरू उत्पीडन र ज्यान मार्ने धम्कीको डरले अफगानिस्तानबाट भागेर छिमेकी देशहरुमा गएका थिए । यीमध्ये अधिकांश मानिसहरू अवैध च्यानलहरूमार्फत् ती मुलुकहरूमा प्रवेश गरेकोमा अहिले गम्भीर समस्याहरूको सामना गरिरहेका छन् । रासस

यो पनि पढ्नुहोस्

इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेन

इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेन

१ दिन अगाडि
युद्ध अन्त्यका लागि वार्ता सुरु

युद्ध अन्त्यका लागि वार्ता सुरु

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए सेभेन सार्वजनिक

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक