शनि, कार्तिक २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमालेले नेपाल विश्वविद्यालयलाई मुनाफारहित बनाउने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एमालेले नेपाल विश्वविद्यालयलाई मुनाफारहित बनाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेले प्रस्तावित नेपाल विश्वविद्यालयलाई मुनाफारहित बनाउने प्रस्ताव गरेको छ । सरकारले गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्नका लागि नेपाल विश्वविद्यालय विधेयक ल्याएको छ ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा दफावार छलफलमा रहेको विधेयकमाथि संशोधन प्रस्ताव गर्दै एमालेले नेपाल विश्वविद्यालयलाई मुनाफारहित बनाउने भनेको छ । एमालेका सांसदहरु महेश बर्तौला, ठाकुरप्रसाद गैरे, विद्या भट्टराई, गोकुल बास्कोटा, सरिता भुसाल, दीपा शर्मा, इश्वरी घर्ती र हरिप्रसाद उप्रेतीले यस्तो प्रस्ताव गरेका हुन् ।

प्रस्तावित विधेयकको दफा ३ मा विश्वविद्यालय स्थापना सम्बन्धी व्यवस्था छ । जहाँ अन्तरविधात्मक अवधारणा (लिबरल आर्टस्) मा आधारित बहुविधागत गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धान मार्फत दक्ष, सिर्जनशील र प्रतिस्पर्धी मानवस्रोतको उत्पादन गर्न, नवीनतम ज्ञानको सिर्जना र नवप्रवर्तक गर्दै समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्‍याउन मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्रको सार्वजनिक विश्वविद्यालयको रुपमा नेपाल विश्वविद्यालय स्थापना गर्ने भनिएको छ । तर, राष्ट्रिय सभाले यो प्रस्तावित व्यवस्थामा रहेको ‘मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्रको सार्वजनिक विश्वविद्यालयको रुपमा’ भन्ने शब्द झिकेर विधेयक पारित गरेर प्रतिनिधि सभामा पठाएको छ । राष्ट्रिय सभाले झिकेका शब्दहरु थप गर्नुपर्ने एमाले सांसदहरुको प्रस्ताव छ ।

‘विधेयक (राष्ट्रिय सभाकबाट पारित भएको विधेयकको प्रतिवेदन)को दफा ३ को उपदफा १ मा ‘मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्र’ भन्ने व्यवस्था थप गर्नुपर्ने’ एमाले सांसद ठाकुर गैरेको प्रस्ताव छ । एमालेका बाँकी ७ जना सांसदले भने विधेयककोे दफा ३ को उपदफा १ ‘मुनाफा रहित’ भनी लेख्नुपर्ने व्यवस्था प्रस्ताव गरेका छन् ।

एमाले सांसदहरुले राखेको संशोधन प्रस्ताव स्वीकृत भएको खण्डमा लिबरल आर्टस्मा आधारित मुनाफा रहित नेपाल विश्वविद्यालय स्थापना हुनेछ । २० मंसिर २०७९ मा दर्ता भएको यो विधेयक १८ असार २०८० मा राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । हाल यो विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा छ ।

यो पनि पढ्नुहोस्

त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

६ दिन अगाडि
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एआईका सिईओ जेन्सेन हुआङकाे राजीनामा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक