सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम निर्माण गरिदिन सरकारसँग माग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम निर्माण गरिदिन सरकारसँग माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफन्त विहीन र नाजुक अवस्थाका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम निर्माण गरिदिन सरकारसँग माग गरेका छन्।

नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विवाह कानुनी रूपमा दर्ता गर्न सफल मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक ज्येष्ठ नागरिकहरूका लागि वृद्धाश्रम निर्माणका लागि बजेट विनियोजन गर्न माग गरेको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई मायाको पहिचान नेपालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका आवश्यकता सम्बोधन गर्न भनेको हो।

‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जो आफन्त विहीन छन् र अत्यन्त नाजुक अवस्थाबाट गुज्रिरहेका छन्, उनीहरूका लागि वृद्धाश्रम निर्माण गर्ने,’मन्त्रालयमा कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बुझाएको पत्रमा लेखिएको छ,’यौन पेसा छोड्न चाहने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका यौनकर्मीहरूलाई वैकल्पिक रोजगारी वा साना उद्योग व्यवसाय गर्नका लागि आर्थिक सहयोगका कार्यक्रम ल्याउने।’

पहिलो संविधान सभा सदस्य रेन्बो टुरिजमका लागि इन्द्रेणी पर्यटन दूत पन्तले विभेदकारी कानुनहरू संशोधन गर्नका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्न भनेका छन्।

मायाको पहिचान नेपालले पाठ्य सामग्री परिवर्तन गर्न र शिक्षकहरूलाई स्रोत सामग्री तयार गर्नका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्न पनि लिखित रूपमा मन्त्रालयमा पत्र बुझाएको हो।

पत्रमा लेखिएको छ,’पाठ्यक्रम विकास केन्द्रले वैदेशिक सहयोगमा तयार गरेको कक्षा ७ र कक्षा १२ को स्वास्थ्य तथा सामाजिक शिक्षा विषय अन्तर्गत राखिएको एलजीबीटीआईक्यूएप्लसप्लस अध्यापन सामग्री हाम्रो संस्कृति भन्दा बाहिरको र अनावश्यक कुराहरू पनि समेटिएको हुँदा यो पाठ्य सामग्री परिवर्तन गर्न र शिक्षकहरूलाई स्रोत सामग्री तयार गर्नका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्ने।’

हरेक तह तप्काका न्यायाधीशहरूलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हक अधिकारका बारेमा जनचेतनामूलक परामर्श कार्यशाला चलाउनु पर्ने आवश्यकता भएकाले आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्न पनि माग गरिएको छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरेर नेपालमा यसै समुदायका धेरै पर्यटक भित्र्याउने गरी पर्यटन मेला गर्नका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्ने र अहिले भएका सरकारी तथा सामुदायिक भवनमा रहेका शौचालयहरूलाई लैङ्गिक मैत्री बनाउन तथा नयाँ बन्ने संरचनाहरूमा लैङ्गिक मैत्री शौचालय निर्माण गर्ने नीति अवलम्बन गर्न तथा आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्न पन्तले माग गरेका छन्।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

अहिले स्थानीय वायुको दोहोरो प्रभाव

६ मिनेट अगाडि
निर्वाचनको प्रचारमा बालबालिका प्रयोग नगरेको जवाफ

मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन माग

१० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए सेभेन सार्वजनिक

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक