काठमाडौं । आज सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा केही विषयमा मतभेदकाबीच सोमबार बिहान ८ बजे बैठक बस्न लागेको हो ।
गठबन्धन आएको खटपटका बिच बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचनको विषयलाई लिएर सत्ता समीकरण परिवर्तन हुनसक्ने चर्चा राजनीतिक बृत्तमा छाएको छ ।
यसअघि कांग्रेस सभापति देउवाले सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर छलफल गरिसकेका छन् ।


