शनि, कार्तिक २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

दक्षिण कोरियामा चिकित्सकहरूको आन्दोलन, स्वास्थ्य सेवा अवरोध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दक्षिण कोरियामा चिकित्सकहरूको आन्दोलन, स्वास्थ्य सेवा अवरोध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / दक्षिण कोरियाको सरकारले बिहीबारदेखि काममा नफर्के हडतालमा रहेका हजारौं जुनियर डाक्टरहरूलाई कानुनी कारबाही गर्ने र उनीहरूको मेडिकल लाइसेन्स खारेज गर्ने धम्की दिएको छ । देशका करिब तीन चौथाई डाक्टरहरूले गत हप्तामा आफ्नो जागिर छोडेका छन् । जसका कारण प्रमुख शिक्षण अस्पतालहरूमा शल्यक्रियामा समेत अवरोध र ढिलाइ निम्त्याएको छ ।

दक्षिण कोरियाका अधिकांश ठूला सरकारी अस्पतालमा सातायता शल्यक्रियाहरु स्थगित भएका छन्, अपोइन्टमेन्टहरू रद्द गरिएका छन् र बिरामीहरूलाई आकस्मिक कक्षबाटै बाहिर पठाइएका छन् ।

त्यहाँको सरकारले लामो समयदेखिको चिकित्सक अभावलाई सम्बोधन गर्न मेडिकल स्कुलहरूमा थप विद्यार्थीहरू भर्ना गर्ने प्रस्ताव गरेसँगै विशेष गरेर रेसिडेन्ट तथा प्रशिक्षार्थी डाक्टरहरू विरोधमा उत्रिएका हुन् । उनीहरुले सरकारको योजनाले समस्या समाधान नहुने भन्दै कडा कामको अवस्था र न्यून ज्यालाको सिकार भएको बताएका छन् ।

हजारौं रेसिडेन्ट र इन्टर्न चिकित्सकहरूले आफ्नो काम छोडेका कारण एक हप्ताभन्दा बढी समयदेखि दक्षिण कोरियाका केही ठूला अस्पतालहरूमा प्रक्रियाहरू अवरुद्ध भएका छन् । लामो समयसम्म वाकआउटले विनाशकारी परिणामहरू निम्त्याउन सक्छ । दक्षिण कोरियामा विकसित देशहरूमध्ये सबैभन्दा कम डाक्टर-बिरामी अनुपात छ, र द्रुत रूपमा वृद्ध जनसंख्यामा भएको बढोत्तरीका कारण एक दशकभित्र त्यहाँ तीव्र रुपमा चिकित्सकहरूको अभाव हुने सरकारले चेतावनी दिएको छ ।

डाक्टरहरूले सडकमा उत्रिएर आन्दोलनमा गर्दै जागिर छाड्ने धम्की समेत दिएका छन् । वरिष्ठ चिकित्सकहरूले पनि यो आन्दोलनमा समर्थन गरिरहेका छन् । तर सर्वेक्षणहरूले भने चिकित्सकको दायरा बढाउनको लागि गरिएको प्रयासमा व्यापक जनसमर्थन पाएपछि सरकार आफ्नो निर्णयबाट पछि नहट्ने भएको छ ।

ठूला अस्पतालहरूको महत्वपूर्ण हिस्सा मानिएका प्रशिक्षार्थी डाक्टरहरूले फेब्रुअरी १९ यता आफ्नो राजीनामा बुझाउन थालेका छन् । सरकारी तथ्याङ्कअनुसार बुधबारसम्म करिब १०,००० बढीले राजीनामा बझाइसकेका छन् । जुन देशमा भएका डाक्टरहरूको १० प्रतिशत हिस्सा हो । तर तीमध्ये अधिकांशको राजीनामा अस्पतालले स्वीकृत गरेका छैनन् ।

‘मानिसको स्वास्थ्यलाई बन्धक बनाउने र उनीहरूको जीवन र सुरक्षालाई खतरामा पार्ने सामूहिक कार्यलाई समर्थन गर्न असम्भव भएको त्यहाँका राष्ट्रपति युन सुक येओलले मंगलबार बताएका थिए । उनको सरकारले बिहीबारसम्म चिकित्सकहरू काममा फर्किएमा उनीहरूमाथि कुनै कानुनी असर नपर्ने बताएका छन् । अन्यथा उनीहरूले आफ्नो मेडिकल इजाजतपत्र गुमाउनुका साथै २२ हजार डलरसम्म जरिवानाको सामना गर्न सक्ने पनि उनले बताएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले यसै साता केही चिकित्सकलाई चिकित्सा कानुन उल्लंघन गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी समेत दिएको छ ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

३ दिन अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बूढानीलकण्ठमा नेपाल संवत् ११४७ को भव्य स्वागत

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रचण्ड रसिया प्रस्थान

रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने

पश्चिमी वायुको आंशिक प्रभाव

एनपीएलमा आज दुईवटा रोमाञ्चक खेल हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक