काठमाडौं । बलिउड अभिनेता अनुपम खेरले नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को पोस्टर सेयर गर्दै टेलर मन परेको प्रतिक्रिया दिएका छन् । इन्स्टाग्राम स्टोरीमा मार्फत उनले सो कुरा सार्वजनिक गरेका हुन् ।
अनुपमले चलचित्रका निर्देशक मिलन चाम्सलाई ट्याग गर्दै लेखेका छन्, ‘टेलर मन पर्यो नेपाल ।’ सन् १९४८ देखि १९६० सम्म चलेको मलाया बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले देखाएको वीरताका बारेमा यो चलचित्र निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
साथै चलचित्रमा गोर्खा सैनिकले भोगेको कष्टको पाटो पनि देखाइएको छ । यो चलचित्र फागुन ११ गते प्रदर्शनमा आइसकेको छ ।