आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआउने १८ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सूचना प्रकाशित गरिएको छ । अन्यथा सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ । गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म छन् ।
