बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विराटनगरमा  जगन्नाथ रथयात्रा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
विराटनगरमा  जगन्नाथ रथयात्रा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर । ईस्कोन विराटनगरमा श्री जगन्नाथ रथयात्रा महामहोत्सव सम्पन्न भएको छ।  गणेशप्रसाद राठीको संयोजकत्वमा सम्पन्न यस रथयात्रा विश्व प्रसिद्ध गुरु तथा भूतपूर्व आर्मी कमान्डर स्वामी पत्री दास प्रभुजी,  नेपाली युवामा आधुनिक इन्जिनियर गुरु भनेर लोकप्रिय श्रद्धय रुपेश्वर गौर प्रभुजीको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पञ्चाली लक्ष्मी नारायण मन्दिरका महन्त स्वामी अच्युत प्रपन्नचार्य ज्यूले वैदिक सनातन धर्मको रक्षार्थ इस्कोनले महत्त्वपूर्ण भूमिका खेलेकामा प्रशंसा गरे ।

ईस्कोन नेपालका अध्यक्ष परमेश्वर अचुदासले विराटनगर धार्मिक ऐतिहासिक सहर भएको उल्लेख गर्दै जगन्नाथ रथयात्राले यस नगरीको महाभारतकालीन गरिमालाई पुनर्जागरण गर्ने विश्वास व्यक्त गरे। वरिष्ठ चिकित्सक डाक्टर मदन कोइरालाले यस रथयात्राको प्रमुख सल्लाहकारको भूमिका निर्वाह गरे ।

प्रसिद्ध ४ धामहरूमध्ये एक श्री जगन्नाथपुरी धाममा विराजमान भगवान् जगन्नाथको रथयात्रालाई संसारका प्रत्येक गाउँ सहरमा पुर्‍याउने क्रममा सम्पूर्ण विराटनगरवासी आध्यात्मिक लाभका निम्ति नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (ईस्कनले) यस रथयात्रा आयोजना गरेको हो।  ईस्कोनले हालसम्म ७८ भन्दा बढी देशमा जगन्नाथ रथयात्रा आयोजना गर्दै आइरहेको छ। नेपालमा पनि हालसम्म बागमती, मधेस, लुम्बिनी, कोशी प्रदेशका दर्जनौँ स्थानहरूमा रथयात्रा आयोजना भइरहेको छ।

विभिन्न कारणवश मन्दिरमा गई भगवानको दर्शन गर्न असमर्थ भक्तजनहरु लाई दर्शन दिन रथयात्राको समयमा स्वयं भगवान् जगन्रनाथलाई सवार गराई नगर परिक्रमा गराइन्छ। यस पावन अवसरमा आफ्नै घर दैलोबाट नै भगवानको दिव्य दर्शन तथा भगवानलाई अर्पण गरिएको प्रसाद ग्रहण गर्ने सुवर्ण अवसर मिल्छ। पौराणिक महत्त्व अनुसार भगवान् जगन्नाथको रथको दर्शन मात्र गर्नाले पनि सांसारिक कलेसबाट मुक्त भई जन्म मृत्युको चक्रबाट पार पाउन सकिन्छ।

प्राचीन समयमा राजा इन्द्रदुम्नले जगन्नाथपुरी धाममा भगवान् जगन्नाथको श्रीविग्रह स्थापना गरी वृन्दावनको विप्रलम्ब लीला स्मरण गर्दै रथयात्रा महामहोत्सव आयोजना गरेका थिए । कुरुक्षेत्रमा भगवान् श्रीकृष्ण र ब्रजवासीको पुनर्मिलन पश्चात् बिछोडको समयमा भगवान् श्री कृष्ण सवार रथलाई द्वारका जानबाट ब्रजबसीहरुले रोकेर वृन्दावनतर्फ तानेका थिए। भक्तजनहरूले पनि यस लीलाको स्मरण गर्दै भगवानलाई पुन आफ्नो हृदयमा विराजमान गराउन विनम्रतापूर्वक प्रार्थना गर्दै रथको डोरी खिच्दछन्। सुही रथयात्रा ईस्कोनका संस्थापक आचार्य एसी भक्ति वेदान्त स्वामी प्रभुपादले पहिलोपटक सन् १९७० मा पाश्चात्य मुलुकहरूमा आयोजना गरेका थिए। यसै परम्पराको  अनुसरण गर्दै ईस्कोन विराटनगरले पौराणिक महत्त्व बोकेको विराटनगरमा भगवान् जगन्नाथको रथयात्रा आयोजना गरिएको हो।

श्री जगन्नाथ रथयात्रा राम जानकी मन्दिरबाट बिहान ११ बजे प्रारम्भ भई महेन्द्रचोक,  गरिबनाथ शिव मन्दिर, भृकुटी चोक , सत्यनारायण मन्दिर, काली मन्दिर, पञ्चमुखी हनुमान मन्दिर भई सिटी प्यालेसमा सम्पन्न भएको थियो। रथयात्राको समापन पश्चात् सिटी प्यालेसमा प्रसादम वितरण सांस्कृतिक कार्यक्रम नाटक नृत्य भजन कीर्तन तथा स्वामी पत्री प्रभुजीको विशेष आध्यात्मिक प्रवचन एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।

यो पनि पढ्नुहोस्

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता  सम्पन्न

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

२ घण्टा अगाडि
महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक