बिहि, अशोज १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नवलपुरको देवचुलीमा सङ्ग्रहालय निर्माण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नवलपुरको देवचुलीमा सङ्ग्रहालय निर्माण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

त्रिवेणी (नवलपरासी) । मगर संस्कृति संरक्षणका लागि नवलपुरको देवचुलीमा सङ्ग्रहालय निर्माण गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-१० पृथ्वीनगरमा मगर सङ्ग्रहालय निर्माण गरिएको हो ।

मगर समुदायको मौलिक कला संस्कृति नै लोप हुनेगरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै सङ्ग्रहालय निर्माण गरिएको मगर सङ्ग्रहालयका अध्यक्ष भुवनसिं आलेले बताउनुभयो । सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति, रहनसहन र भेषभूषालाई संरक्षण गरिने अध्यक्ष मगरले बताउनुभयो । मगर समुदायका पुराना कला, संस्कृति, भेषभूषाका विषयमा नयाँ पुस्ताले जानकारी हासिल गर्न सकुन् भन्ने उद्देश्यसमेत रहेको उहाँले बताउनुभयो ।

“मगर समुदायका विविध परम्परागत संस्कृति, भेषभूषा, रहनसहन छन्, यो हराउँदै जानेको हो कि भन्ने चिन्ताले संरक्षणमा सहयोग पुर्याउन सङ्ग्रहालय निर्माण गरेका हौँ”, सङ्ग्रहालयका अध्यक्ष मगरले भन्नुभयो, “नयाँ पुस्तालाई संस्कृति, रहनसहन, भेषभूषा हस्तान्तरणमा समेत सहयोग पुग्ने विश्वास छ ।” मगर समुदायले  प्रयोग गर्ने भाँडा, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री सङ्ग्रहालयमा राखिएका छन् । मगर सङ्ग्रहालयमा राखिएका सामग्री आम सर्वसाधारणले समेत अवलोकन गर्न सक्नेछन् ।

देवचुली नगरपालिका, वडा र स्थानीयको सहयोगमा सङ्ग्रहालय बनाइएको हो । मगर सङ्ग्रहालय निर्माणका लागि करिब रु २२ लाखको लागतमा घुमाउने घर निर्माण गरिएको छ । सङ्ग्रहालयको फागुन १५ गते उद्घाटन गर्ने तयारी गरिएको सङ्ग्रहालयका सचिव गनबहादुर रानाले बताउनुभयो । पर्यटन प्रवर्द्धनका लागि समेत मगर सङ्ग्रहालय सहयोगी हुने देवचुली नगरपालिका–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीमगरको विश्वास छ ।

मगर समुदायका संस्कृति, भेषभूषा अवलोकनका लागि पर्यटक आउने हुँदा पर्यटकीय केन्द्र साथै मगर समुदायको संस्कृति, रहनसहन अध्ययनका लागि केन्द्रका रूपमा समेत सङ्ग्रहालयलाई विकास गर्न सकिने उहाँले बताउनुभयो । “हिजोआज विभिन्न समुदायका संस्कृति, रहनसहन, भेषभूषासमेत पर्यटकको आकर्षण बन्ने गरेको छ, सङ्ग्रहालयलाई सोहीअनुसार पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ, पर्यटन प्रवर्द्धनमा यसले सहयोग पुग्ने विश्वास छ”, अध्यक्ष मगरले भन्नुभयो । हिजोआज पुराना घुमाउने घरसमेत लोप हुँदै जान थालेकामा यहाँ निर्माण गरिएको घुमाउने घरसमेत आकर्षणको केन्द्र बन्ने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

गणेश चतुर्थी पर्व मनाइँदै

नेवार समुदायले मनाइयाे चथाः पर्व

२ हप्ता अगाडि
याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आत्मनिर्भर अर्थतन्त्रका लागि बन्द उद्योगलाई ब्युँताऔं

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यही हो त पुरानालाई बिर्साउने सुशासनको गन्तव्य ?

संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य

सरकारले कर्मचारीतन्त्र सुधार्ने काम गरोस्

प्रतिनिधिसभाको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक