काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ५.९१ अंकले बढेको छ । आज शून्य दशमलव २८ प्रतिशतले बढेको नेप्से २०७६.५० अंकमा सीमित भएको छ । आज ४ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कुल १३१ कम्पनीको सेयर मूल्य बढ्यो । कुल ११२ कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
बैकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर,फाइनान्नस, जीवन बिमा र व्यापार उपसमुह घट्यो । सबैभन्दा बढी जीवन बिमा उपसमुह २८.७२ अकंले घट्यो ।
आज फाइनान्स उपसमहुमा लगानीकर्ताको आकर्षण रह्यो । फाइनान्स उपसमुह ११६.४४ अकंले बढ्यो । विकास बैंक ९६.०७ अकंले बढ्यो ।
नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल(बालाजु), पाँचथर पावर कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र जोशाी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
पिपुल्स पावर लिमिटेडको मूल्य ५.८१ प्रतिशतले घट्यो । कारोबार रकमको अधारमा हिमालयन रि इन्स्योरेन्स, गुर्खा फाइनान्स अगाडि रहे । हिमालयन रि इन्स्योरेन्सको १७ करोड १७ लाख ६४ हजार रुपैया“को सेयर किनबेच भएको छ ।