आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मुख्यमन्त्री जम्कट्टेलको प्रतिबद्धताः धुनिबेसीको पर्यटन प्रबद्र्धन गर्न सघाउँछु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
मुख्यमन्त्री जम्कट्टेलको प्रतिबद्धताः धुनिबेसीको पर्यटन प्रबद्र्धन गर्न सघाउँछु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले धुनिबेसी नगरपालिका भित्रका पर्यटकिय स्थलहरुको प्रबद्र्धन गर्न सघाउने प्रतिबद्धता जाहेर गरेका छन् । शनिबार धुनिबेसी नगरपालिका वाड नं. ६ र गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल(भिटोफ–नेपाल)द्वारा संयुक्तरुपमा नौबिसेमा आयोजित ‘अध्ययन अवलोकन भ्रमण’मा बोल्दै राजधानीको नजिकै रहेरपनि बत्तिमुनिको अँध्यारो सो नगरपालिका पर्यटनका हिसाबले धेरै सम्भावन रहेकोसमेत बताएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले पर्यटन लगायतका क्षेत्रमा धेरै काम गर्न सक्ने भए पनि नीतिको अभाव भएको बताउँदै भने,“बागमतीका काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेकको पर्यटकिय क्षेत्रको प्रवद्र्धन र सम्बद्र्धनका लगि हामीले नीति बनाउँदै छौं, त्यसपछि यस क्षेत्रको विकासमा छालाङ् हान्ने हो ।”
वडा अध्यक्ष रमेश आचार्यले अवलोकन भ्रमणमा आउने सबैलाई धन्यबाद दिदै भने,“हामीले सोचेको भन्दा राम्रो कार्यक्रम भयो, राष्ट्रियरुपमा ख्याति प्राप्त पर्यटन सम्बद्र्धन व्यवसायी संघसँस्थाका नेतृत्वज्यू र मुख्यमन्त्रीज्यू पनि पाल्नुभयो हामी आभारी छौं ।” ‘राजधानी काठमाडौंबाट मात्र २५ किलोमिटर छ,त्यो पनि सुरुङ मार्ग बनेपछि त झनै नजिक हुने यस क्षेत्रको पर्यटनको उजागर गरिदिन हार्दिक अपिल गर्दछ ।’ अध्यक्ष आचार्यले थपे ।

अध्ययन अवलोकन तथा पदयात्रा(हाइकिङ)पछि भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले धुनिबेसी पर्यटनका लागि निकै नै सम्भावना रहेको बताए । अध्यक्ष थापाले समग्र देशको पर्यटनलाई सबल र सक्षम बनाउँनका लागि सबै किसिमका पर्यटन व्यवसायी एकजुट हुनु पर्नेमा जोड दिए ।

देशमा तीन तहको सरकार भएको र स्थानिय तहलाई पर्यटनसम्बन्धी नीति बनाउन पाउने अधिकार रहेको बताउँदै, पर्यटन मैत्री नीति बनाउनु पर्ने सुझाएका थिए । धुनिवेसी जस्ता स्थानिय तथा प्रचारमा नआएका पर्यटकिय क्षेत्रहरुमा होम स्टे ट्रेकिङ ट्रायलको माध्यम र  धार्मिक तथा कृषिलाई जोडेर प्रवद्र्धन गर्न सकिने बताउँदै भने,“नेपालमा सिजनलरुपमा मात्रै पर्यटन चलिरहेको अवस्थामा हामिले गाउँ पर्यटनको प्रवद्र्धन गरेको खण्डमा बाह्रै महिना देशको पर्यटनलाई चलायमान बनाउँन सकिन्छ ।”

इस्टोनिका लागि नेपालका अवैतानिक बाँणिज्य दूत नवराज दाहाल,नेपाल र्यटन बोर्डका निर्देशक मणिराज लामिछाने,तारागाउँ विकास समितिका संचालक तथा भिटोफ पूर्व अध्यक्ष शिब लामिछाने, भिटोफ पूर्व अध्यक्ष रामप्रसाद सापकोटा, टे«किङ एजेन्सिज एसोसियसन आफ नेपालका महासचिब बिनोद सापकोटा, नेपाल पर्वातोहण संघका सचिब धनबहादुर गुरुङ, सोसाइटी अफ ट्राभल्स एण्ड टुर्स अप्रेटर नेपाल(सोटो)का वरिष्ट उपाध्यक्ष मान बहादुर शाही, नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज पाण्डे, राष्ट्रिय उड्डयन तथा पर्यटन व्यवसायी संगठनका अध्यक्ष दामोदर घिमिरे,
रास्वपाका नेता तथा सो निकट उत्पादन तथा प्रवद्र्धन विभाग सदस्य गोविन्द पन्त, भिटोफका पूर्व अध्यक्ष द्वोय दिपक दाहाल र अशोक सिलवाल र भिटोप नेपालका सचिव दिपक पण्डेलगायत करिब २ सय जनाले नौबिसे,कालीदेबी मन्दीर,गौचरण,मदाने र टोट्के मैदानसम्म अध्ययन अवलोकनको क्रममा हाईकिङ(पदयात्रा) गरेका थिए ।

यो पनि पढ्नुहोस्

रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै इजलासमा पेसी

२ मिनेट अगाडि
सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

न्यूनतम तलबमान ४० हजार तबलमान निर्धारण गर्न आग्रह

सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक