काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा रहेको जनाएका छन्।
आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कुनै एक व्यक्तिलाई दोषी देखाएर जेलमा राख्दैमा नेपाली समाज परिवर्तन नहुने भन्दै राज्य सञ्चालन गर्नेहरुको प्रवृत्ति सच्चिन जरुरी रहेको जनाए।
उनले राजनीति गर्ने भनेको जसरी नि कमाउनका लागि भन्ने मानसिकता हटाउनुपर्ने बताए। उनले मान्छे बेचबिखन गर्ने सञ्जालहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गरे।
अध्यक्ष केसीले नेपालमा जागिर खानेकुरा जनताको सेवाका लागि नभई कमाइ खाने भाँडोको रुपमा प्रयोग हुने गरेको जनाए।