रौतहट जिल्लाको सदरमुकाम गौरमा टेम्पो, ई-रिक्सा चलाउन चालकले महिनावारी बुझाउने तथ्य बाहिरीएको हो।
सदरमुकाम गौरमा करिब १२ दर्जनको हाराहारीमा रहेको भारतीय टेम्पो र ई – रिक्साका चालकहरुले टेम्पो संग १ हजार देखि १२ सयको महिना बुझाउनु परेको नाउँ नबताउने सर्तमा टेम्पो चालकले बताएका छन्।
ट्राफिक प्रहरी तथा कुनै दुर्घटना हुँदा सहुलियत पुग्नका लागि टेम्पो संघले प्रत्येक टेम्पो र ई- रिक्साका चालक संग महिनावारी उठाउने गरेको हो। ट्राफिक प्रहरी कार्यालयको छेउमै रहेको अस्थायी टेम्पो स्टेण्डबाटै छमता भन्दा बढी सवारि बोकेर अोहोर दोहोर गर्ने गरेको तर ट्राफिक प्रहरी मौन देखिएको हो। टेम्पो चालकले भन्छन्, हामीहरु महिनावारी तिर्छौ हाम्रा संघका ब्यक्तिहरुले सबै मिलाएको हुन्छन्।
नतिरे पछि अनावश्यक दु: ख दिने गर्दछन्। टेम्पो संघले महिनावारी उठाउँदा गौरमा छारातन्त्रमा टेम्पो, ई-रिक्सा चलिरहेको हुँदा टेम्पो चालकहरुलाई ट्राफिक प्रहरीले कार्वाही नगरी सर्वसाधारणलाई दु:ख दिने गरेको सर्वसाधारणले बताउँछन्।
यस बिषयमा टेम्पो संगका अध्यक्ष सुरेन्द्र जि संग सोघपुछ गर्दा उनले भने हामीले विभिन्न ठाउँमा कर तिर्नु पर्छ त्यसैले हामीले सो रकम लिने गर्छौं तर सबै टेम्पो चालकले दिदैन।
त्यस्तै यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख संग सोधपुछ गर्दा यो महिनावारीको बारेमा हामीलाई केही थाहा छैन् । छमता भन्दा बढी सवारी बोकेका टेम्पो तथा ई -रिक्सालाई हामीले कार्वाहीको दायरामा ल्याउनेछु।