काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ।
शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँमा सुरु हुने बैठक शुक्रबार र शनिबार गरी २ दिनसम्म बस्नेछ। बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ जनाइएको छ।
गत २८ पुसमा बसेको स्थायी समितिको बैठकले फागुन १,२ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो। विधान संसोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकारदेखि विभिन्न विषयमा संसोधन गर्ने प्रस्ताव गरेको थियो।
ती प्रस्तावहरूलाई पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव संकलन गरिने भनिएको थियो। पार्टीका तल्ला कमिटीले विधानका प्रस्तावहरूमा दिएको सुझावबारे निर्णय गर्न स्थायी कमिटीको बैठक राखिएको जनाइएको छ।