दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा पाकिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै अस्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई हराएसँगै अस्ट्रेलियाले अब उपाधिका लागि भारतसँग आइतबार प्रतिस्पर्धा गर्ने छ।
रोमाञ्चक सेमिफाइनल खेलमा अस्ट्रेलियाले ४६ औं ओभरमा ९ विकेट गुमाएपनि रफ म्याकमिलन र कलुम भिड्लरले अन्तिम विकेटक लागि १६ रनको अविजित साझेदारी गर्दै टिमलाई फाइनलमा पुर्याए।
खेलम टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४८.५ ओभरमा अलआउट हुँदै १ सय ८० रनमा समेटिएको थियो। उसका लागि अजन अवासी र अर्फात मिनहसले ५२-५२ रनको अर्धशतकीय इनिङ खेल्दा अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन्। पकिस्तानलाई कमजोर योगफलमै समेट्ने क्रममा अस्ट्रेलियाक टोम स्ट्राकर एक्लैले ६ विकेट लिएका थिए।
१ सय ८० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५ बल बाँकी हुँद ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। उसक लागि ह्यारी डिक्सनले ५० रन बनाउँद ओलीभर पिएक ४९ रनमा आउट भए। यि दुई बाहेक टोम क्याम्पबेलले २५ रन बनउँदा सर्वाधिक मूल्यवान पारि रफ म्यकमिलनको रह्यो।
म्याकमिलनले क्रिजमा अविजित १९ रन खेल्दै टिमलाई जित दिलाए। पाकिस्तानका लागि अली रजाले ४ विकेट लिएपनि टिमको हर टार्न पर्याप्त रहेन। उनी बाहेक अर्फात मिनहसले २ तथा उवाइद साह र नभिद अहमेद खानले समान १-१ विकेट लिए।