आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भूतपूर्व गोर्खा परिवारलाई ठगी गर्ने नेम्वाङलाई उम्कन नदिन पीडितहरुको माग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
भूतपूर्व गोर्खा परिवारलाई ठगी गर्ने नेम्वाङलाई उम्कन नदिन पीडितहरुको माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भूतपूर्व गोर्खाका वयस्क सन्तानलाई बेलायत लगिदिने भन्दै करोडौं ठगी गरेको आरोपमा हाल प्रहरी हिरासतमा रहेका पूर्व गोर्खा सूर्यकुमार नेम्वाङ शक्तिकेन्द्रको आडमा उम्किन खोजेको गुनासो पीडितले गरेका छन् ।

पीडितहरुले मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्नो ठगिएको रकम असुल उपर गरि नेम्वाङलाई हदैसम्मको कानूनी सजायका लागि सहयोग गर्न ध्यानाकर्षण पत्र समेत पेश गरेका छन् ।

बेलायत सरकारको नीति अन्तर्गत त्यहां जान कानूनी प्रक्रिया गरिदिने भनि साविक पांचथर घर भइ हाल लन्डनमा बस्ने नेम्वाङले आफू जस्ता दर्जनौंबाट विभिन्न बहानामा मनोमानी ढंगले करोडौं रुपैयां उठाएको १० जना पीडितहरुले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

‘हामीलाई नेम्वाङले अहिले मर्नु न बांच्नुको अवस्थामा पुरयाएको छ । ऊ शक्तिकेन्द्र धाएर उम्किने हो कि भन्ने शंका भएकाले हाम्रो ठगिएको रकम असुल उपर गरि उसलाई हदैसम्मको सजाय गराउन माननीय मन्त्रीज्यूसमक्ष यो ध्यानाकर्षण पत्र पेश गर्दछौं’, पत्रमा भनिएको छ ।

तीनजना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले नेम्वाङलाई २९ जनवरी सोमबार पाँचथरमा पक्राउ गरि जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा राखेको छ ।

नेम्वाङलाई प्रहरीले ठगी सम्बन्धि कसुरमा हिरासतमा राखेर जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

नेम्वाङ आफ्नो बाबुको काजक्रिया गर्न नेपाल आएका बेला पक्राउ परेका थिए । नेम्वाङविरुद्ध पांचथरकै एक ३२ वर्षीया महिलाले जाहेरी दिएकी थिइन् ।

जाहेरी अनुसार, नेम्वाङले भूपू गोर्खा सैनिकका दुई छोरीसंग आवासीय भिसा मिलाइदिने भन्दै प्रति व्यक्ति २ लाख ३८ हजार रुपैयाँका दरले ४ लाख ७६ हजार रुपैयां लिएर पनि काम नगरिदिएको आरोप छ । काममा आलटाल गरेपछि पीडितले पैसा फिर्ता माग्दा उनले उल्टै धम्क्याउने गरेको पीडितको भनाइ छ ।

शुरुमा नेम्वाङले दुई दिदीबहिनीलाई बेलायत लैजाने र त्यहाँ रोजगारीका लागि सहजीकरण गरिदिने आश्वासन दिएको जाहेरी दरखास्तमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंमा पेश भएको जाहेरी दरखास्तमा मुलुकी फौजदारी संहिता २०७४ को दफा २४९ (१) र (२) उल्लंघन गरि ठगी सम्बन्धि कसुर गरेको उल्लेख छ ।

आफ्ना पिताको मृत्यु भइसकेको अवस्थामा आमालाई बेलायत पुरयाएको र उनको खातामा बेलायत सरकारले जम्मा गरिदिने रकम नेम्वाङले आफ्नो नियन्त्रणमा लिएको जाहेरीमा उल्लेख छ ।

विगत ४ वर्षदेखि जाहेरवालाको आमालाई प्राप्त हुने रकम नेम्वाङले खर्च गरेको र माग्दा तिमीहरुलाई बेलायत ल्याउन खर्च लाग्छ भन्दै टार्ने गरेको जाहेरवालाको दाबी छ । आफुलाई २४ हजार पाउन्ड (करिब ४० लाख ६० हजार रुपैयां) ठगेको नेम्वाङविरुद्ध आरोप छ । दिल प्रसाद लिम्बु, उनका दुइ दाजुहरु तथा एक दिदीले आफुहरुबाट नेम्वांगले २१ लाख रुपियाँ ठगेको उजुरी दिएका छन्।  त्यस्तै रमिला राइले आफुबाट  नेम्वाङले रु साढे ६ लाख ठगेको उजुरी दिएकी छन्।  यसरी नै नेम्वाङले दर्जनौं व्यक्तिहरुबाट करोडौं रुपियाँ ठगेको पीडितहरु बताउँछन्।  पत्रपत्रिकामा खबर आए पछि अहिले थप तीन जना पीडितहरु प्रहरीमा उजुरी गर्न काठमाडौँ आइ पुगेका छन्।

“भूतपूर्व गोर्खा बिधवाहरु तथा तिनका परिवारलाई सक्दो मदत गर्नु पर्नेमा झुट्ठा आश्वासन दिंदै करोडौं ठगेको पीडितहरुले गुनासो गरे पछि उहाँहरुलाई न्याय दिलाउन हामीले माननीय गृह मंत्रीज्यूलाई भेटेका हौँ।  विदेशमा बसेर बसेर नेपालीलाई ठग्ने जो कोहीले पनि छुट पाउनु हुँदैन भन्ने हाम्रो माग हो,” गोर्खा सत्याग्रहसंग आबद्ध एकजना अभियन्ता दिपक मास्केले भने।

बेलायतको बोन्ड आडम्स् एलएलपी सोलिसिटर्स फर्ममा भूतपूर्व गोर्खा परिवारका केस लैजाने नेम्वाङले बेलायतमा समेत भूतपूर्व गोर्खा सैनिकसँग हजारौं पाउण्ड ठगी गरेको आरोप लागेको छ  । यसरी ठगी गरेको पैसाबाट नेम्वाङले फिदिमस्थित आफ्नो घरमा लिफ्ट जडान गरेका छन् भने लन्डनमा विलासी जीवन बिताउँदै आएका थिए।

नेपाल वा बेलायतमा कुनै कानूनी अध्ययन नगरेका नेम्वाङले बेलायतमा नेम्वाङ लिमिटेड र नेपालमा दि एड्भाइजर गार्डियन कार्यालय खोलेर भूतपूर्व गोर्खा परिवारसंग पैसा उठाउने गर्दै आएका थिए  ।

 

यो पनि पढ्नुहोस्

चुनावी तालमेल नगर्ने प्रष्ट

कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर

४४ मिनेट अगाडि
आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

रास्वपा इतिहास लेख्ने यात्रामा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक