शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

गणतन्त्रमा नेताहरु मालामाल, देश बन्यो कंगाल !

१६ वर्षको उपलब्धि निराशाजनक, गणतन्त्रका ४ खम्बा ढलिसके

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
गणतन्त्रमा नेताहरु मालामाल, देश बन्यो कंगाल !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं /  राजनीतिक दल र नेताहरुले २०६२-६३ को आन्दोलन देश र जनताको हितमा, उनीहरुको अवस्था परिवर्तन गर्न, विकास र सुशासन कायम गर्न आवश्यक भएको जिकिर गर्दै आएका छन् । तर, राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको १६ वर्षयता देश र जनता झन् कंगाल बन्दै गएका छन् भने नेताहरु मालामाल बनेका छन् ।

लामो समयदेखि नेपाली राजनीतिमा पकड जमाएका नेपाली कांग्रेस, नेकपा एमालेसँगै अब माओवादी, जसपा, लोसपा र राप्रपाका नेताहरुको जीवनशैली पनि फेरिएको छ । माओवादीले त तत्कालीन जनयुद्ध देशमा सामन्तवादको अन्त्य र समाजवादको स्थापनाका लागि गरेको थियो । समाजवादअन्तर्गत शोषित पीडित वर्गको उत्थान, सर्वहारा वर्गको समान विकास र अल्पसंख्यक तथा सीमान्तकृतलाई राज्यमा समावेशिता जस्ता एजेन्डा थियो । तर, त्यही माओवादीका नेताहरुको जीवनस्तर शान्तिप्रक्रियापछि रातारात फेरिँदै नवसामन्त वा नवधनाढ्यको रुपमा उदाएका छन् ।

गणतन्त्र स्थापनाको १६ वर्ष पुग्दा नेताहरु मालामाल र देश असफल हुने अवस्था किन आयो ? यो प्रश्न अब जनता मात्र होइन, नेताहरु नै सोध्न थालेका छन् । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले हालै एक सार्वजनिक कार्यक्रममा देशका राजनीतिक पार्टीहरु र नेताहरु सफल भए पनि देश किन असफल भयो भनी प्रश्न गरेका छन् । राजनीतिक दलहरुले आफूलाई सफल भएको दाबी गर्ने गरेको भए पनि देश भने असफल भइरहेको उनको भनाइ थियो । नेता भुसालले नेपालका राजनीतिक दलहरु गुटमा परिणत भइसकेको पनि आरोप पनि लगाएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र समस्या नभई गणतन्त्रको अभ्यासमा र पात्रहरुमा समस्या भएको जनाए । ‘हरेक राजनीतिक पार्टीले दाबी के गर्छ भने, हामी सफल छौं । हरेकको केन्द्रीय कमिटी बैठकमा हे¥यौँ भनेदेखि ती पार्टीका डकुमेण्टहरुले भन्छन्, हाम्रो पार्टी सफल छ । ठिक छ । असल नै छ भनेर हरेक राजनीतिक पार्र्टीको डकुमेण्ट भन्छ । राजनीतिक पार्र्टी सफल हुने, देश असफल हुने यस्तो कसरी हुन्छ ?’ उनले प्रश्न गरे ।

नेता भुसालले भनेजस्तै नेताहरुको जीवनस्तर परिवर्तन हुँदा जनता भने गरिबी र अभावमा पिल्सिएका छन् । युवाको ठूलो संख्या रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता छ । आर्थिक संकटका कारण साना व्यवसायी, किसान मर्कामा छन् । उत्पादन प्रणाली ध्वस्त हुँदा हरेक वस्तु आयात गरेर उपभोग गर्नुपर्ने अवस्था छ । तर, यस्तो भइरहँदा पनि न सरकार, न त राजनीतिक दलका नेताहरु जिम्मेवारी लिन तयार देखिन्छन् । उनीहरु यसको दोष अन्य दल र नेतालाई लगाएर आफू भने उम्किन चाहिरहेका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको सूचनाअनुसार पनि नेपाल अझै अति भ्रष्टाचार गर्ने मुलुकको सूचीमा नै छ । यस्तो भ्रष्टाचार गर्नेमा नेता, कर्मचारी नै छन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास, सुन तस्करी लगायत प्रकरणमा ठूला नेता तथा सरकारका सचिव भइसकेका उच्चपदस्थ कर्मचारी नै संलग्न रहेको पाइएको थियो । यसअघि वाइडबडी, यती, ओम्नी, ३३ किलो सुन तस्करी र प्रिन्टिङ प्रेस जस्ता अनियमिततामा पनि नेताहरुको नाम जोडिएको थियो । तर, त्यसको उचित छानबिन भने हुन सकेको छैन ।

नेताहरु नै भ्रष्टाचारमा संलग्न हुँदा त्यसको असर भने विकास निर्माणमा परेको छ । भ्रष्टाचारले गर्दा नेताहरुको जीवनस्तर त उकासिएको छ, तर देश र जनता भने कंगाल भएका छन् । १६ वर्षयता सत्तामा कांग्रेस, एमाले, माओवादीको नै नेतृत्व रहेको छ भने अन्य साना दलहरु पनि पटकपटक सहभागी भएका छन् । तर, उनीहरु पार्टी र व्यक्तिगत स्वार्थमा प्रयोग हुँदा देश विकासमा भने ठूलो असर पुगेको छ ।
नेताहरु आफ्नो कर्तव्यबाट च्यूत हुँदै गर्दा यसले समग्र व्यवस्थाप्रति नै निराशा जगाएको छ ।

लोकतन्त्र, गणतन्त्रमाथि नैै प्रश्न उठ्नु राजनीतिक दलहरुको ठूलो असफलता हो । यस शासन प्रणालीका चार खम्बा लोकतन्त्र, समानुपातिक निर्वाचन प्रणाली, धर्मनिरपेक्षता र समावेशिता अहिले असफलसिद्ध भएका छन् । संसदीय प्रणालीको असफलताका कारण अहिले केही राजतन्त्रवादीको मनोबल उच्च भएको छ । समानुपातिक निर्वाचन प्रणाली पनि सीमित नेता, व्यवसायी आदि राजनीतिमा आउने माध्यम बनेको छ । समावेशिता र धर्मनिरपेक्षताको पनि दुरुपयोग बढेको छ । त्यसकारण वर्तमान व्यवस्था नै संकटमा पर्ने हो कि भन्ने आशंका बढेको छ ।

पछिल्लो समय गणतन्त्र कमजोर हुँदै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह र केही राजतन्त्रवादी समूह सक्रिय भएका छन् । यस्तो अवस्था आउनु सबै राजनीतिक दलप्रति खतराको घन्टी हो । यदि उनीहरुले अहिलेको व्यवस्थाप्रति इमानदार हुने प्रयास गरेनन् र यो व्यवस्थालाई बचाउन सकेनन् भने अर्को व्यवस्थाको पहिलो प्रहार उनीहरुमाथि नै हुनेछ । त्यसकारण आफ्नो जिम्मेवारी बोध र प्रतिबद्धता पूरा गर्न नेताहरु सक्रिय हुनु आजको अपरिहार्यता हो । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

बजेटमा सकारात्मक पक्षको चर्चा

४ घण्टा अगाडि
‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक