काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


