–वामदेव गौतम
नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनले कम्युनिष्ट आन्दोलनमा पहिलो पटक बहुलवादी खुला समाज निर्माण गर्ने विचारलाई अगाडि सा¥यो । त्यो सोभियत संघमा ७० वर्षसम्म रहेकोे समाजवादको असफलता र पुँजीवादको पुनस्र्थापना पछि नेपालको कम्युनिष्ट आन्दोलनलाई अब कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा निकालिएको आधारभूत निश्कर्ष थियो । सोभियत संघमा समाजवादी व्यवस्था रहँदासम्म बजार आधारित अर्थतन्त्र समाप्त गरिएको थियो । पुँजीवादलाई पूर्नजीवीत हुन नदिन पुँजीवादी कारोबार समाप्त गरिएको थियो । जनताका सम्पूर्ण आधारभूत भौतिक आवश्यकता पुरा गरिएको थियो । त्यो समयमा पुँजीवाद पुनस्र्थापनाको कुनै सम्भावना छैन भन्ने विचारलाई सैद्धान्तिक र व्यवहारिक रुपमा हर हिसाबले पुष्टि गर्ने कोशिस गरिन्थ्यो । सर्वहारा अधिनायकत्वलाई सुदृढ गरिएको भनिन्थ्यो । समाजवादको बलियो किल्लाका रुपमा सोभियत लालसेनालाई मानिने चलन यथावत थियो । तर त्यही समाजवाद र सर्वहारा वर्गको अधिनायकत्व सन् १९९१ मा गल्र्यामगुुर्लम ढल्यो र सबै क्षेत्रमा पुँजीवाद पुनस्र्थापना भयो । देख्दा मात्र एकै दिनमा समाजवाद ध्वंश भएको जस्तो लागे पनि त्यो सोभियत नमूनाको समाजवादका विरुद्ध क्रमशः विकसित हुँदै गएको पुँजीवादकै कारण भएको थियो । सर्वहारा अधिनायकत्वको अजय किल्लाको रुपमा लिइने गरिएको सोभियत लालसेनाको सम्पूर्ण शक्ति समाजवादलाई ढालेर पुँजीवादलाई हरक्षेत्रमा पुनस्र्थापना गर्ने शक्तिमा रुपान्तरित भयोे । त्यो लालसेना समाजवादी शासन व्यवस्था भएको पूर्वी युरोप र पूर्वी जर्मनीमा समेत समाजवाद समाप्त गरेर पुँजीवाद स्थापना गर्न परिचालित भयो । सर्वहारा अधिनायकत्वमा क्रमशः विघटनको त्यो अन्तिम रुप थियो । सन् १९१७ को विजयी रुसी सर्वहारा समाजवादी क्रान्ति संसारलाई तरंगित गराउने अपूर्व घटना थियो । त्यसैगरी सन् १९९१ को सोभियत समाजवादको असफलता र पुँजीवादको पुनस्र्थापना पनि विश्वव्यापी रुपमा तरंग सिर्जना गर्ने घटना थियो । त्यो घटना बाटो हिड्दा एउटा कमिला कुल्चिएर मरे जत्तिको महत्वहिन घटना थिएन । यति गम्भीर विषयको समिक्षा हुनैपर्छ र यसबाट देश देशका कम्युनिष्ट तथा माक्र्सवादी पार्टीहरुले गहिरिएर अध्ययन, अनुसन्धान र विश्लेषण गर्नैपर्छ । कम्युनिष्ट आन्दोलनमा देखापरेको यो प्रलयकारी घटनाबाट लिइएको गम्भीर शिक्षा हो बहुलवादी खुला समाजको अवधारणा ।
जहिलेदेखि मानवजाति सचेतन रुपमा उत्पादन पद्धतिमा विकसित भयो त्यसवेलादेखि समाज बहुलवादी छ । अहिले पनि समाज प्राकृतिक रुपमै बहुलवादी छ । तर सोभियत संघ र पूर्वी युरोपका समाजवादी मुलुकहरुमा भिन्न मत राख्ने अवस्था समाप्त गर्ने अनेकौं कोशिस गरियो । जस्को परिणाम आज समाजवाद त्यहाँ पराजित भएको छ । रुसमा फरक मत राख्ने नेताहरुलाई देशभित्र मात्र होइन उनीहरु निर्वासित मुलुकमा समेत जासुस पठाएर मार्ने जस्ता कुकर्महरु भए । कम्युनिष्ट पार्टीभित्रै गोप्य रुपमा अनेकौं नेताहरुको हत्या गरियो । आखिरमा सोभियत नमूनाको समाजवादको पनि हत्या गरियो र त्यसको ठाउँमा पुँजीवाद पुनस्र्थापना भयो । त्यो घटनाबाट शिक्षा लिएर विकसित गरिएको नयाँ नमूनाको समाजवाद निर्माण गर्ने सिद्धान्त हो जनताको बहुदलीय जनवाद ।
संस्कृत साहित्यमा बहुचर्चित एउटा उक्ति छ– वादे वादे जायते तत्ववोध अथवा भिन्न भिन्न मतहरुका वीच छलफलबाट नै सही निश्कर्ष निकाल्न सकिन्छ । यो उक्तिले विचारमा रहेको द्वन्द्वात्मकतालाई स्पष्ट र सही रुपमा प्रकट गरेको छ । माक्र्सवादी दर्शनको मुल सिद्धान्त हो संसारमा आधारभूत तत्वको रुपमा भौतिक बस्तु मात्र छ । भौतिक बस्तु कहिल्यै समाप्त हुँदैन रुप मात्र परिवर्तन हुन्छ । यो निरन्तर परिवर्तन र विकासको अवस्थामा हुन्छ । भौतिक बस्तुको विकासको एउटा रुप हो मानवजाति । यसको पनि निरन्तर परिवर्तन र विकास भइरहेको छ । माक्र्सवादी दर्शनले भन्छ, परिवर्तन परस्पर विरोधी तत्वका वीच एकता र संघर्षको नियमका आधारमा हुन्छ । यसलाई माक्र्सवादी दर्शनको मुटु मानिन्छ । यो नियम भौतिक बस्तुको निरन्तर परिवर्तन र विकासको अवस्थाबाट विकसित गरिएको सिद्धान्त हो । नियम बनेपछि भौतिक बस्तु यस्तो परिवर्तन हुन्छ भनिएको होइन । भौतिक बस्तुको अध्ययन पछि त्यसमा अन्तरनिहीत नियमलाई वैज्ञानिकहरुले बाहिर ल्याएको मात्र हो । यो नियमका अभिन्न अंगका रुपमा अन्य दुई नियम पनि छन् । जसको परिवर्तन र विकास पहिले क्रमशः र अन्त्यमा गुणात्मक रुपमा हुने गर्छ । जब विकास हुन्छ पहिले भन्दा संख्या र गुणमा समेत विकास भएको अवस्थामा देखिन्छ । यिनै नियमहरुलाई मानवजातिको इतिहासमा स्थापित गर्दा बल्ल साँचो इतिहास बाहिर आएको हो । त्यसकै आधारमा मानवजातिको विकासका पाँच चरणहरु आदिम मातृप्रधान समाज, दासमालिक समाज, सामन्तवादी समाज, पुँजीवादी समाज र समाजवादी समाजको अवस्था संसारले जान्न र बुझ्न सकेको हो ।
उपरोक्त मानवजाति विकासका पाँच चरणहरुमा हरेक समाजमा विपरित तत्वको एकता र संघर्षको अवस्था स्पष्ट देख्न सकिन्छ । आदिम मातृप्रधान समाज प्राकृतिक अवस्थाको मानवजातिको चरण थियो । त्यसमा प्रकृति र मानवजातिका वीच परस्पर विरोधी एकता र संघर्षको अवस्था देखिन्छ । त्यसपछि मानवजाति कृषि उत्पादनको चरणमा प्रवेश गर्छ । त्यसमा मालिक र दास दुई परस्पर विरोधी वर्गका रुपमा देखापर्छन र उनीहरुका वीचको संघर्ष विपरित तत्वको संघर्ष र एकताको रुपमा प्रकट हुन्छ । त्यो संघर्षले दासहरुलाई भूदास र मालिकहरुलाई भूमालिकका रुपमा विकसित गर्छ । जब कृषि उत्पादन व्यवसायीकरण हुन्छ समाज औद्योगिक क्रान्ति तर्फ अगाडि बढ्छ । त्यसपछि सामन्तवाद र पुँजीवाद विपरित तत्वमा विकसित हुन्छन् । त्यसले सामन्तवादलाई समाप्त गर्दै पुँजीवाद र सर्वहारा वीच विपरित तत्वका रुपमा देखापर्छन । त्यसपछि भूमालिकहरु पुँजीपति वर्गका रुपमा विकसित हुन्छन् भूदासहरु मजदुर वर्गको रुपमा विकसित हुन्छन् । परस्पर विरोधी त्यो समाज विपरित तत्वका रुपमा विकसित हुन्छ र संघर्ष अरु तिब्र रुपमा अगाडि बढछ । त्यसले समाजवादी समाजको विकास गर्छ र त्यसमा समाजवाद र राष्ट्रिय पुँजीवाद दुई विपरित तत्वका रुपमा देखिन्छन् । जबसम्म समाजवाद रहन्छ त्यसवेलासम्म विपरित तत्वको रुपमा पुँजीवादको अस्तित्व अपरिहार्य हुन्छ । यहीँनिर सोभियत संघका राजनीतिज्ञ र वैज्ञानिकहरुले अत्यन्त ठूलो गल्ती गर्छन । उनीहरुले विपरित तत्वको रुपमा रहेको पुँजीवादलाई हरक्षेत्रबाट समाप्त गर्ने कोशिस गर्छन जस्को परिणाम समाजवादको पनि समाप्ति हुन्छ । यस सम्बन्धमा माक्र्स र ऐंगेल्स स्पष्ट देखिन्छन् । उनीहरुले भनेका छन्– समाजवाद रहँदासम्म भिन्न भिन्न वर्गहरुको अस्तित्व रहनेछ र उनीहरुका वीचको मित्रतापूर्ण संघर्ष पनि अनिवार्य हुनेछ । जब समाज चौतर्फि रुपमा विकसित भएर अगाडि बढ्नेछ, राज्यको आवश्यकता समाप्त हुनेछ, समाज स्वचालित रुपमा संचालन हुने अवस्था सिर्जना हुनेछ । त्यस अवस्थामा आदिम मातृप्रधान समाजमा रहेको मानवजाति र प्रकृतिका वीच रहेको मुख्य संघर्ष समाजमा पुनः देखा पर्नेछ । तर त्यस अवस्थाको समाज आर्थिक रुपले, बौद्धिक रुपले, सांस्कृतिक रुपले, शारिरीक क्षमताका रुपले, गुणात्मक रुपले र वैज्ञानिक रुपले पनि पहिलेको भन्दा अत्याधिक विकसित अवस्थामा पुग्नेछ ।
सन् १९१७ को सर्वहारा समाजवादी क्रान्ति भन्दा पहिले रुस साम्राज्यवादी अवस्थामा विकसित भएको मुलुक थियो । समाजवादी क्रान्तिले रुसी सर्वहारा वर्गलाई शासक वर्गमा रुपान्तरण गरेको थियो । वास्तविक रुपमा सत्ता संचालन गर्ने स्थानमा सर्वहारा वर्गको प्रतिनिधित्व गर्दै सोभियत कम्युनिष्ट पार्टीका नेताहरु नै पुगेका थिए । सर्वहारा वर्ग मुक्त र राज्यको मालिक भइसके पछि त्यो वर्ग सर्वहारा वर्ग रहँदैन । त्यो वर्ग श्रमजीवी वर्गमा विकसित भएको हुन्छ । समाजमा सबै तह तप्का र वर्गका व्यक्तिहरु श्रमजीवी वर्गकै रुपमा विकसित भएका हुन्छन् । सर्वहारा वर्ग श्रमजीवी र शासक वर्गमा रुपान्तरण भइसके पछि सर्वहारा वर्गको अधिनायकत्व होइन श्रमजीवी वर्गको राज्यसत्ता स्वभाविक रुपमा कायम भएको हुन्छ । त्यस्तो अवस्थामा पुँजीपति वर्ग राष्ट्रिय पुँजीपति वर्गमा रुपान्तरित भएको हुन्छ । पुँजीवादी समाजमा विकसित भएका अनेकौं समाजोपयोगी संस्कार र संस्कृतिलाई समेत प्रयोग गर्दै अगाडि बढ्नु पर्ने अवस्था विकसित हुन्छ । विश्वव्यापी रुपमा समाजवाद स्थापना नभएको अवस्थामा पुँजीवादी मुलुकहरुसित दौत्य सम्बन्ध कायम गर्दै अगाडि बढ्नु पर्ने आवश्यकता पर्छ । उनीहरुसंग अनेकौं प्रकारका सम्बन्ध विकास गर्न आवश्यक पर्छ । इन्कारै गर्न नसकिने व्यापारिक सम्बन्ध अनिवार्य हुन्छ । त्यसले बजार अर्थतन्त्रको आवश्यकतालाई जन्म दिन्छ । समाजवादी व्यवस्थामा योग्यता बमोजिम काम र काम बमोजिम ज्याला अथवा तलवको व्यवस्था हुन्छ । त्यसले आन्तरिक र राष्ट्रिय बजारको आवश्यकतालाई प्रकट गर्दछ । त्यस अवस्थामा सोभियत संघले समाजवादमा अवलम्बन गरिनु पर्ने उत्पादन र वितरणको सही व्यवस्थापनका निम्ति समाजवादी बजार अर्थ व्यवस्था लागु गर्नु पर्दथ्यो । सोभियत कम्युनिष्ट पार्टीले यी सबै पक्षलाई नजरअन्दाज ग¥यो । समाजवादी क्रान्ति पछि जे नहुनु पर्दथ्यो ती सबै भए । त्यसको परिणाम दोस्रो विश्वयुद्ध पछि एक पछि अर्को गर्दै सोभिय संघमा चारैतिर अव्यवस्थाहरु देखापरे । राष्ट्रिय आम्दानीको ठूलो हिस्सा दोस्रो विश्वयुद्ध पछि पनि हतियार र सेनामा खर्च गरियो । आन्तरिक रुपमा कम्युनिष्ट नभएर बाँच्न सक्ने स्थिति भएन । आरोप लगाएर मृत्युदण्ड दिने चलन पछिल्लो कालसम्म यथावत रहयो । समाजवादी क्रान्तिको सफलता पछिको कालमा पुराना सत्ताधारीहरुलाई खोजी खोजी मृत्युदण्ड दिने कामहरु पनि भए । आत्मसमर्पण गरेका र जेलमा रहेका पुराना राजपरिवारका सबै सदस्यहरुलाई मृत्युदण्ड दिइयो । त्यसले लेनिनको मृत्यु पछि पनि असहमत व्यक्तिहरुलाई त्यसैगरी हत्या गर्न चलन स्थापित भयो । स्वयम लेनिन त्यसको शिकार हुनुप¥यो । व्यक्ति हत्या र आतंकलाई ठान्ने विचार विश्वव्यापी बन्यो । भारतमा त्यसको प्रभाव वर्ग शत्रु खतम अभियान भन्दै चाररुम मुजमदार लाइन प्रकट भयो । त्यसकै सिको गर्दै नेपालको झापा संघर्षमा १० जनाको टाउको काटेर क्रान्ति शुरु गरेको भनियो । पेरुमा त्यस्तै गरियो । प्रचण्ड नेतृत्वमा भएको १० वर्षे जनयुद्धमा १७ हजार नेपालीको प्राण समाप्त गर्ने काम भयो । अन्तमा ती सबै सघर्षहरु असफलता टुंगिए । नेपालमा भने संसदीय संघर्षमा सामेल भएको नेकपा (एमाले) को मुख्य भूमिकाका कारण त्यो संघर्षलाई शान्तिमा रुपान्तरण गर्न सकियो । एंगेल्सले राज्य पनि परिवर्तनशील हुन्छ भनेको विषयलाई बेवास्ता गरियो । परिवर्तन हुन्छ भन्ने एउटा प्रमाण समाजवादी क्रान्ति सम्पन्न गर्ने एउटा मुख्यशक्ति जारशाही शासनकालमा स्थापित गरिएको रुसी सेनाको ठूलो हिस्साले क्रान्ति सम्पन्न गर्न र त्यसको रक्षा गर्न अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेको विषयको महत्वलाई कहिल्यै आत्मसात गरिएन । त्यसबाट सकारात्मक निष्कर्ष निकाल्ने कोशिस पनि भएन । त्यसवेला निर्माण गरिएको लालसेनाको मुख्य भाग नै जारशाही कालमा विकसित भएको रुसी सेना नै थियो । यी सबै तथ्यहरुको सही मुल्याँकन कहिल्यै गरिएन । यी सबैको परिणाम थियो सन् १९९१ मा भएको रुसी समाजवादको असफलता र सोभियत संघको विघटन र पुँजीवादको पुनस्र्थापना ।
सोभियत समाजवादको असफलता पछि चीन, भियतनाम, क्यूवा र लाओसले अर्थतन्त्रमा राष्ट्रिय पुँजीवादलाई क्रमशः पुनस्र्थापना गरिरहेका छन् । तर राजनीतिमा सर्वहारा अधिनायकत्व लागु छ । अर्थतन्त्रमा पुँजीवाद अवलम्बन गर्दा नयाँ पुँजीपति वर्गको उदय भइरहेको छ । कुनै पनि राष्ट्र एक्लै समाजवादमा प्रवेश गर्न सक्दैन । त्यस्तो अवस्थामा नयाँ उदाइरहेका राष्ट्रिय पुँजीपतिहरुलाई राजनीतिमा स्थान दिने अवस्था सिर्जना हुन्छ नै । राज्यसत्ताको द्वन्द्वात्मकता निर्वाह गर्न बहुदलीय प्रतिस्पर्धाको प्रणाली पुनस्थापना हुने अवस्था सिर्जना हुने पक्का छ । राजनीति लगायत सबै उपरि ढाँचाहरुको आधारभूत तहमा अर्थतन्त्रले काम गरिरहेको हुन्छ । अर्थतन्त्र मिश्रित भएपछि राजनीति पनि मिश्रित हुनु अनिवार्य हुन्छ भनेर सबै माक्र्सवादीहरुले बुझ्ने अनिवार्य अवस्था आउने स्थिति अवस्यम्भावी छ ।
आजको युग राजनीतिक प्रतिस्पर्धाको युग हो । यसलाई अस्विकार गरेर अगाडि बढ्नै सकिन्न । प्रतिस्पर्धामा जानुको अर्को विकल्प छैन । मानव समाजको प्रारम्भिक इकाई व्यक्ति हुन्छ । त्यसका छुट्टै कतिपय स्वार्थलाई सम्बोधन नगरी अगाडि बढ्न सकिन्न । व्यक्तिगत स्वतन्त्रताले सिर्जनात्मक क्षमतालाई विकास गर्न मद्दत गर्छ । मानवीय आवश्यकता बमोजिम विकसित हुने विचारहरुलाई कैद गरेर अबको युगमा कसैले पनि शक्ति आर्जन गर्न सक्दैन । राज्य विकसित गर्न सक्दैन । राज्यको रक्षा पनि गर्न सकिन्न । आज संसारभरी रहेका जुनसुकै समाज किन नहोउन एकल विचारवादी बनाउन सकिन्न । आज पनि समाज बहुलवादी छ । भोली पनि बहुलवादी नै हुनेछ । जबसम्म पृथ्वीमा मानिसको सचेतन अस्तित्व रहनेछ बहुलवादी नै हुनेछ । यो सार्वभौम सच्चाई हो । हरेक जीव र नीर्जिव ठूला र साना बस्तुको एकअर्कासंग बहुपक्षीय सम्बन्ध छ र नै पृथ्वीमा मानवजातिको अस्तित्व छ । पृथ्वीमा मानिस र अन्य बस्तुको सम्बन्ध एक अर्काको गुरुत्वाकर्षणमा निर्भर छ । यो सौर्य मण्डलको अस्तित्व ४ हजार भन्दा धेरै सौर्य मण्डलमा रहेको गुरुत्वाकार्षण शक्तिसंग सम्बन्धित रहेको छ । त्यसो भएर मानिसका विचारहरु पनि अनेक पक्षसंग सम्बन्धित छन् । तिनको वैचारिक स्वतन्त्रता स्वतः स्थापित सत्य हो । मानव समाज आफै बहुलवादी छ । एकलवादी बनाउन सकिन्न र कहिल्यै सकिनेछैन । आज अगाडि रहेका समाजवादी मुलुकहरुको असफलता जबर्जस्ति समाजलाई एकलवादी बनाउने प्रयत्नका परिणाम हो । यो युगमा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीबाट मात्र समाजवाद निर्माण गर्न सकिन्छ । त्यसको संरक्षण गर्न पनि सकिनेछ । साम्यवादी अवस्था सामाजिक क्रान्ति गरेर ल्याउने होइन यो स्वतः विकसित हुने अवस्था हो । अहिले साम्यवाद अत्यन्त उन्नत स्तरको परिकल्पना भन्दा अर्को होइन ।
२४ माघ, २०८०