काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम ‘एक्सचेञ्ज विद लभ’ अफर ल्याएको छ।
यहि माघ २७ गतेदेखि तीन दिनसम्म जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडी साट्न सकिनेछ। उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेस्टर्न मोटर्स् महाराजगञ्ज र जेबी मोटर्स् बालकुमारी तथा उपत्यका बाहिर रुद्रप्रिया इन्टरनेशनल नेपलगञ्ज लगायत देशभरी रहेका टाटाका शोरुममा गाडी साटफेर गर्न सकिने कम्पनीले जनाएको छ।
यस एक्सचेञ्ज विद लभ कार्यक्रममा गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीका लागि फास्ट चार्जर, एक वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्न सक्नेछन्।


