आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

उद्योगमा दैनिक ८ घण्टासम्म ‘लोडसेडिङ’ गर्दै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
थप ४६ वटा उद्योगको बिजुली काट्ने विद्युत् प्राधिकरणको तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
निकेश खत्री निकेश खत्री
प्राधिकरण ढल्केबर सबस्टेसनको क्षमताभन्दा माथि जान सकिँदैन : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले एक महिनायता दैनिक ८ देखि १० घण्टा बिजुली काटेपछि देशभरका उद्योगी आजित बनेका छन् । प्राधिकरणले एक÷डेढ महिनायता देशभरका औद्योगिक करिडोरमा निरन्तररुपमा दैनिक ८ देखि १० घण्टासम्म बिजुली काट्दै आइरहेको छ । दैनिकरुपमा बिहान र बेलुका गरेर दुई ‘सिफ्ट’मा लोडसेडिङ हुँदा देशभरका उद्योगी आजित बनेका हुन् ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम घिमिरेले विद्युत् प्राधिकरणले विगत एक महिनायता निरन्तररुपमा ८ घण्टासम्म बिजुली काट्ने गरेको बताए । उनले पूर्वका सबैजसो औद्योगिक करिडोरमा दैनिकरुपमा नै अघोषित लोडसेडिङ भइरहेको रातोपाटीलाई बताए । ‘प्राधिकरणले लोडसेडिङको तालिका दिएको छैन,’ घिमिरेले भने, ‘तर, बिजुली भने नियमित काटिरहेको छ ।’

उद्योगीहरुका अनुसार प्राधिकरणले बिहानको समयमा ४ देखि ५ घण्टा र बेलुकाको समयमा सोही अनुपातमा बिजुली काट्दै आएको छ । दैनिकरुपमा बिना कुनै पूर्वसूचना उद्योगको लाइन काट्दा उत्पादन प्रभावित बन्नुका साथै मेसिनरी बिग्रने उनीहरूको भनाई छ । ‘प्राधिकरणले दैनिक २ पटक गरेर ८ घण्टासम्म बिजुली काट्दा औद्योगिक उत्पादन बिग्रिरहेको छ,’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले भने ।

वीरगञ्जतर्फ बिहान ४ र बेलुका ४ घण्टाका दरले बिजुली गइरहेको छ । उद्योगीले प्राधिकरणको क्षेत्रीय कार्यालयलाई पटक–पटक मौखिक र लिखितरुपमा लोडसेडिङ नगर्न अनुरोध गरेका छन् । तर, क्षेत्रीय कार्यालयले कुनै सुनुवाइ नगरेको गुनासो उद्योगीहरूको छ । वीरञ्जका उद्योगीहरुले बरु ‘सेड्यूल’ बनाएर औपचारिकरुपमा नै बिजुली काट्न भनेपनि प्राधिकरणले नमानिरहेको अग्रवालको भनाई छ । पूर्वसूचना बिना नै अनौपचारिकरुपमा बिजुली काटिँदा उत्पादनको तयारीमा रहेका सामाग्रीमा क्षति पुग्दा घाटा लाग्ने गरेको छ ।

‘प्राधिकरणले उद्योगको बिजुली काट्नै हुँदैन । आन्तरिक उत्पादन नभएमा भारतबाट ल्याएर पनि दिनुपर्छ’

नेपालमा सुख्खा र वर्षायाम गरी बिजुली उत्पादनका दुई सिजन छ । निजी क्षेत्रबाट सञ्चालित सबैजसो आयोजना नदी प्रवाह (आरोआर) मा आधारित छन् । यस आधारमा ती आयोजनाबाट वर्षायाममा मात्रै पूर्ण क्षमतामा बिजुली उत्पादन हुन्छ । सुख्खयाममा नदीमा पानीको बहाव घट्दा आरओआर आयोजनाबाट सो समयमा क्षमताभन्दा ८० देखि ९० प्रतिशतसम्म उत्पादन घट्छ । आन्तरिक उत्पादन ह्वात्तै घटेपछि सुख्खायामको माग धान्न प्राधिकरणले भारतबाट बिजुली ल्याउँदै आएको छ ।

यतिबेला भारतबाट प्राधिकरणले ५६६ मेगावाट बिजुली आयात गर्दै आइरहेको छ । यो बिजुली घरायसी माग धान्नमा नै खपत हुन्छ । प्राधिकरणले सोही कारण ठुला उद्योगहरूको बिजुली काटिरहेको हो ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना प्राधिकरणले उद्योगको बिजुली काट्नै नहुने बताउँछन् । उद्योगीहरू पनि प्राधिकरणको ग्राहक भएकाले चाहिए जति बिजुली दिनुपर्ने र सोअनुसारको मूल्य लिनुपर्ने उनको भनाई छ ।

‘प्राधिकरणले उद्योगको बिजुली काट्नै हुँदैन । आन्तरिक उत्पादन नभएमा भारतबाट ल्याएर पनि दिनुपर्छ,’ सुरानाले रातोपाटीसँग भने, ‘ल्याउँदा बढी मूल्य पर्छ भने सोहीअनुसारको मूल्य लिनुपर्छ । हुनत अहिलेपनि प्राधिकरणले बढी मूल्य नै लिइरहेको छ ।’ अन्य उद्योगीले सेड्यूल सार्वजनिक गरेर बिजुली काट्नुपर्ने बताइरहँदा सुराना भने प्राधिकरणले जसरी पनि २४ सै घण्टा बिजुली उपलब्ध गराउनुपर्ने मत राख्छन् ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि उद्योगमा बिजुली काटिरहेको स्विकार्छन् । उनका अनुसार देशका ठुला उद्योगहरूमा ‘पिक आवर’मा दैनिक ६ देखि ७ घण्टा बिजुली काटिइरहेको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै भने, ‘ढल्केबर सबस्टेसनको क्षमताअनुसार बिजुली चलाउने हो । ढल्केबरको क्षमताभन्दा माथि जान सकिँदैन ।’ भारतबाट चाहिए जति बिजुली ल्याउन नसक्नुको कारणसमेत सोही सबस्टेसनको क्षमता रहेको घिसिङको भनाई छ । राताेपाटी

‘पिक आवर’मा बिजुलीको खपत २ हजार मेगावाट नाघेको प्राधिकरणको भनाई छ । बिहान र बेलुकाको समयमा खपत २ हजार मेगावाट नाघेपछि घरायसी माग धान्नकै लागि पनि सो समयमा उद्योगको लाइन काट्नुपर्ने बाध्यतामा प्राधिकरण रहेको देखिन्छ ।

बिहान र बेलुकाको समयमा खपत २ हजार मेगावाटभन्दा माथि पुगेपछि भारतबाट साढे ५०० मेगावाट बिजुली आयात भइरहेको छ । यस्तै, नेपालको सरदर उत्पादन ८०० देखि ८५० मेगावाटसम्म छ । ‘पिक आवर’मा भने तामाकोसी र कुलेखानीसहितका अर्धजलासययुक्त आयोजना चलाउँदा १५ सय मेगावाटसम्म पुग्छ ।

यो पनि पढ्नुहोस्

चुनावी तालमेल नगर्ने प्रष्ट

कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर

१० सेकेन्ड अगाडि
आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

रास्वपा इतिहास लेख्ने यात्रामा

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक