काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १४.५७ अंक अर्थात ०.७० प्रतिशतले बढेर २ हजार ०७६.२७ बिन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले बढेर ३७९.२८ बिन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ७४ लाख ९१ हजार ३०३४ कित्ता सेयर २ अर्ब ४३ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यस दिन १३ वटा उपसूचकमध्ये ४ वटामा गिरावट आएको छ भने अन्य सबै उपसूचकमा हरियाली छाएको छ । आज अन्य उपसूचकमा सर्वाधिक अर्थात ४.६८ प्रतिशतले बढेको छ ।
त्यसैगरी,बैंकिङ उपसूचक ०.१४,विकास बैंक ०.६५,वित्त ०.३४,हाईड्रो ०.५३,लगानी ०।५०,जीवन बीमा ०.१८,लघुवित्त ०.४८ र व्यापार उपसूचक ०.१४ प्रतिशतले बढेका छन् ।
आज होटल उपसूचक ०.२०,उत्पादन तथा प्रशोधन ०.०९,म्युचुअल फण्ड ०.०६ र निर्जीवन बीमा उपसूचक ०.४१ प्रतिशतले घटेका छन् ।

