काठमाडौं । साताको अन्तिम कारोबारको दिन अर्थात आज शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी महासंघको अनुसार आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजा र ५ सय रुपैयाँमा कारोबार हुने भएको छ भने तेजाबी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार हुनेछ ।
अघिल्लो कारोबारको दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, महासंघको अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार हुने भएको छ ।
अघिल्लो कारोबारको दिन चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।


