मङ्ल, बैशाख २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

झारखण्डका मुख्यमन्त्री पक्राउ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
झारखण्डका मुख्यमन्त्री पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नयाँदिल्ली / भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार राति पक्राउ गरेको छ । झारखण्डको राजधानी राँचीमा सोरेनसँग मुख्यमन्त्री निवासमै दिनभरि बयान लिएको ईडीका अधिकारीहरूले राति उनलाई नियन्त्रणमा लिएका हुन् ।

मुख्यमन्त्री सोरेनमाथि जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप छ । ईडीले पक्राउ गरेको औपचारिक जानकारीअघि सोरेनले राति नै राज्यपालकहाँ पुगेर मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

ईडी केन्द्र सरकारमातहतको निकाय हो । उक्त निकायले सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लंघनलगायत विषयमा छानबिन गर्छ । मुख्यमन्त्रीको पदमा रहेकै अवस्थामा सोरेन पक्राउ परेका हुन् । राँचीमा रहेको भारतीय सैनिकमातहतको चार एकडभन्दा बढी जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको र त्यसमा मुख्यमन्त्रीको संलग्नताको आरोप छ । राज्यमा विपक्षमा रहेको भारतीय जनता पार्टीले उक्त मुद्दामा मुख्यमन्त्री सोरेनमाथि कारबाहीको माग गर्दै आएको थियो ।

बिहारमा सत्ता उलटफेर भएको दुई दिनपछि बिहारबाटै फुटेर बनेको झारखण्डमा पनि राजनीतिक उथलपुथल भएको हो । सोरेनले धेरै दिनदेखि ईडीलाई बयान दिन अस्वीकार गर्दै आएका थिए । दुई दिनअगाडि उनको दिल्लीस्थित निवासमा ईडीले छापा मारेको थियो । सोरेन दिल्ली आएको सूचना पाएर ईडी उनको निवासमा पुगेको थियो । तर, उनी भेटिएनन् । ईडीका अधिकारीले त्यहाँबाट ३६ लाख नगद र एउटा बीएमडब्लू कार नियन्त्रणमा लिएको थियो । झारखण्ड मुक्ति मोर्चा पार्टीबाट सोरेन मुख्यमन्त्री भएका थिए । उनी आदिवासी जनजाति समुदायलाई प्रतिनिधित्व गर्छन् ।

सोरेनको राजीनामा तथा उनको पक्राउ प्रकरणपछि झारखण्डमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । सोरेनको पार्टी झारखण्ड मुक्ति मोर्चाले चम्पई सोरेनलाई विधायक दलको नयाँ नेता चयन गरेको छ । कांग्रेसको समर्थनमा मोर्चाले बहुमत सदस्य ४३ जनाको समर्थन राज्यपाललाई पेस गरेको छ । बहुमत सांसदहरू राज्यपाल कार्यालय अगाडि राति अबेरसम्म जम्मा भएका थिए । उनीहरूले राज्यपाल अगाडि बहुमत पुष्टि गर्न ‘परेड’ नै गर्ने प्रयास गरे पनि भवनमा प्रवेशको अनुमति दिइएको थिएन ।

८१ सदस्यीय विधानसभामा झारखण्ड मुक्ति मोर्चाको २९ र भाजपाको २६ सदस्य छन् । त्यहाँ कांग्रेसको समर्थनमा सोरेन मुख्यमन्त्री थिए । पुनः मोर्चा र कांग्रेसकै गठबन्धनले सरकार बनाउने दाबी गरेको छ ।

बिहारमा सत्ता उलटफेर भएलगत्तै त्यहाँका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव र उनका छोरा पूर्वउपमुख्यमन्त्री तेजस्वी यादवसँग पनि ईडीका अधिकारीले घण्टौं बयान लिएको छ । ईडीका अधिकारीले लालुसँग सोमबार लगातार १० घण्टा र त्यसको अर्को दिन मंगलबार तेजस्वीसँग बयान लिएको थियो । जागिरको बदला जमिन लिएको आरोपमा लालु र उनको छोरामाथि ईडीले अनुसन्धान गर्दै छ । लालु रेलमन्त्री रहेका बेला जमिन लिएर केही व्यक्तिलाई जागिर दिएको उनीमाथि आरोप छ । बिहारमा आइतबार नीतिश कुमारले लालुसँगको सहकार्य छाडेर भाजपालाई साथमा लिएर सरकार बनाएका छन् ।

त्यस्तै, ईडीका कारण दिल्लीका मुख्यमन्त्री आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालको पनि समस्या बढाएको छ । ईडीले केजरीवाललाई बयानका लागि आउन पाँचौं पटक पत्र पठाएको छ । हरेक पटक केजरीवालले त्यसलाई पन्छाउँदै आएका छन् ।

मदिरा बिक्रीको लाइसेन्समा भ्रष्टाचार भएको आरोपमा ईडीले केजरीवाल नेतृत्वको सरकारमाथि अनुसन्धान गर्दै आएको छ । ईडीले एक वर्ष अगाडि उक्त मुद्दामा केजरीवाल सरकारका उपमुख्यन्त्री मनीष सिसोदियालाई पक्राउ गरेको थियो । त्यस्तै, आम आदमी पार्टीका नेता राज्यसभा सदस्य सञ्जय सिंह पनि उक्त मुद्दामा जेलमा छन् ।

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

अमेरिकी राष्ट्रपति चीनकाे राजकीय भ्रमणमा जाँदै

१४ घण्टा अगाडि
चिनियाँ विद्युतीय सवारी साधन बीवाइडीले आधिकारिक प्रवेश

चिनियाँ विद्युतीय सवारी साधन बीवाइडीले आधिकारिक प्रवेश

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिका र इरानको युद्ध अन्त्य गर्ने

यस्ताे छ दिनभरकाे माैसम

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

बार्सिलोनाले लालिगाको २९औँ उपाधि जित्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक